लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

दुई नेपाली युवा भारतीय प्रहरीको इन्काउन्टरमा मृत्यु

भारतीय प्रहरीको इन्काउन्टरमा विहारमा सर्लाहीका दुईजनाले युवाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

इण्डिया टुडेका अनुसार विहारको पूर्वी चम्पारणमा रहेको घोरासहन थानाका सुरक्षाकर्मीले चलाएको गोली लागेर नेपालका दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका-२, पुनर्वासका दुई जना युवा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय सुरक्षाकर्मीको कारबाहीमा सर्लाहीका दुई जनाको मृत्यु भएको खबर पाए पनि आधिकारिक सूचना नआएको बताइएको छ।

भारतीय संचार माध्यमका अनुसार आइतबार राती २५/३० जनाको समूहमा डकैती गर्न गएका समूह र भारतीय सुरक्षाकर्मीबीच गोली हानाहान भएको थियो।

यसै क्रममा ति दुई जनाको ज्यान गएको हो। लुटेरा समूहले गोली प्रहार गरेपछि प्रहरीले पनि गोली चलाएको र गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी पनि गम्भीर घाइते भएको बताइएको छ।


प्रकाशित : २०८० असार १३ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप