टीकापुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं.९ खक्रौलाका ४५ वर्षिय अनिल थापा र टीकापुर नगरपालिका वडा नं.१ ,ब्लक नं .७ का १८ वर्षिय नसिब सैफी रहेका छन ।
इलाका प्रहरी कार्यालय,टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई टीकापुर नगरपालिका वडा नं. १ गुम्बारोड स्थित सडक खण्डबाट पक्राउ गरेको हो ।
प्रहरी टोलीले उनीहरु हिडिरहेको अवस्थामा शंकास्पद देखेपछी रोकि तलासी लिँदा नसिब सैफिको साथबाट
प्लाष्टिक बाहेक कुल शुद्ध तौल १ (एक) ग्राम ७०० (सात सय) मिलिग्राम खैरो हेरोईन फेला परेको प्रहरीले जनाएको छ । यस बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










समाचार 