लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बाघ आतंकबाट श्रीलंका क्षेत्र त्रसित एकैदिनमा १ जना माथि आक्रमण , एउटा गाई खायो

सत्ति / टिकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंका क्षेत्र बाघ आतंक बाट त्रसित बनेको छ ।शुक्रबार बिहानै साढे दस बजे स्थानीय २७ वर्षका पवन आउजि लाई आक्रमण गरेर घाइते बनाएको छ । घर नजिकैको गहुँ खेतमा गएको बेलामा उनलाई बाघले आक्रमण गरेको हो । घाइते आउजिकाे दायाँबायाँ हात र बायाँ कानमा चिथाेरेकाे बताइएको छ ।

बाघले आक्रमण गर्दा स्थानीयले हाेहल्ला गरेकोले बाघ जंगल पसेको थियो । बाघले मान्छे आक्रमण गरेको जानकारी पछि त्यहाँ स्थित शसस्त्र प्रहरी बल र प्रहरी चाैकि कालाकुण्डा परिचालन भएको थियो । घाइते आउजिकाेको उपचार पछि उनलाई घरमा ल्याइएको बताइएको छ ।

बिहान एक युवालाई आक्रमण गरेको बाघले साँझ एउटा गाई मारेको स्थानीयकाे भनाइ छ ।एकैदिनमा भएको दुईवटा घटना बाट स्थानीय त्रसित भएका छन् । साे क्षेत्रमा दुई हप्ता अगाडि एक भारतीय नागरिकलाई खाएको , कर्णाली नदिकाे बिचमा बनेको टापुमा रहेका छाडा गाई लाई हरेक दुई तीन दिनमा खाने गरेको स्थानीय भिम महरले बताए ।

हालसम्म करिब आधा दर्जन छाडा गाई बाघले खाएको महरले बताए । साे क्षेत्रमा अहिले सुरक्षाकर्मी परिचालन भइ स्थानीयलाई सचेत रहनका लागि आग्रह गरेको छ भने बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीले साे बाघको ड्राेन बाट खाेजि तथा निगरानी गरिरहेकाे बताइएको छ ।


प्रकाशित : २०७९ चैत्र २४ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप