लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

अनलाइन ठगिकाे बिषयलाई लिएर जिल्ला प्रशासनमा बुझ्बिस्तार,”छाेटाे समयमा कराेडपति हुने आश्वाशन दिदै प्रत्येक ब्यक्तिबाट ६ लाख असुली”

बझाङ जिल्लामा लामो समय देखि अन्तर्राष्ट्रिय संस्था युएनएफपिएका बझाङ संयाेजककाे रूपमा कामगर्ने धनबहादुर लम्साल र साेहि अन्तरगत काम गर्ने जिल्ला अस्पताल ओएमसिमा कार्यरत शान्तबहादुर खड्काले अनलाइन ठगिमा काम गर्दै आएकाे समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन बझाङकाे ध्यानाकर्षण भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले ठगिकाे आराेप लागेका युएनएफपिएका लम्साल र समाचार लेख्ने पत्रकारहरूसंग यस बिषयमा बुझ्बिस्तार गरिएकाे छ । अनलाईन संगठित ठगि कार्यमा संलग्न रहेका लम्सालले अवर्जन ट्रेडिङ्ग प्रा.लि काठमाडौ महानगरपालिका २६ ठमेल नामकाे दर्ता भएकाे कम्पनीकाे फायलहरू लिएर सिडियाे कार्यालय लम्साल पुगेका थिए ।

पत्रकारहरूलाई बझाङका केही मान्छेहरूले लम्साल र खड्का मार्फत उक्त कम्पनीलाई ६ लाख दिएकाे गुनासाे आएपछि पीडित पक्षकाे आधारमा विभिन्न संचारमाध्यम्मा अनलाईन ठगि घटना सार्वजनिक भएकाे थियाे । लम्सालले प्रमुख जिल्ला अधिकारी समक्ष आफुले गल्ती गरेकाे महशुस गर्दै पीडितकाे पैसा तत्कालै कम्पनीलाई भनेर फिर्ता गर्ने बताएका छन् ।

कम्पनीलाई पैसा दिएर कम्पनीले सामान दिने कुरामा “मैले पनि कम्पनी लाई पैसा दिएकाे थिए । अरू साथीहरूलाई पनि उक्त नेटवर्कमा जाेडिन पहल गरेकाे लम्सालले बताए । दुबै पक्षसंगकाे छलफलमा प्रमुख जिल्ला अधिकारीले यस्तो नेटवर्किङ अनलाइन व्यापार संगठित अपराध भएकाे बताउदै । पीडित ब्यक्तिले लिखित उजुरी दिएमा लम्साल लगायत यस संग जाेडिएकालाई कानुन अनुसारकाे कार्वाही गरिने बताउनु भएकाे छ ।

अनलाइन व्यापारमा कम्पनीका मान्छेहरूले दुईघण्टा जुम मिटिङ्ग गरेर अनलाइन व्यापार गर्नु पर्ने र छाेटाे समयमै कराेडपति हुन्छ,भनेर छ लाख आबद्ध शुल्क भनी उठाउने गरेका छन् । यस्तो भुमिगत अनलाइन ब्यापारमा बझाङका करिव २०/२५ जना जाेडिएर करिव एक कराेड बराबर रकम संकलन भएकाे बुझिएकाे छ ।

अनलाइन ठगिमा परेका पीडितहरूले अनलाइन व्यापारमा राम्रो कमाई हुन्छ भनेर आईएनजिओमा काम गर्ने धन बहादुर लम्साल र शान्त बहादुर खड्काले भनेपछि आफुलाई विश्वास लागेर पैसा दिएकाे तर अहिले बुझ्दा अनलाइन ठगि कार्य रहेकाे बुझियाे ।

पैसा दिएका पीडितहरूलाई अहिले कम्पनी बाट एकडेढलाखकाे सामान दिएर बाकी पैसा नदिने भनिएपछि याे कम्पनी र यससंग जाेडिएका धनबहादुर लम्साल र शान्त बहादुर खड्का अनलाइन ठगिकाे मुख्य एजेन्ट रहेको कुरा खुलासा भएकाे छ ।

यस बिषयमा युएनएफपिएकाे केन्द्रीय कार्यालयसंग बुझबिस्तार गर्दा आफुहरूले लम्साल संग यथार्थ बुझ्विस्तार गरि याे नेटवर्किङ ब्यापारमा संलग्न भएकाे देखिए आवश्यक कार्वाही गर्ने बताएकाे छ ।


प्रकाशित : २०८२ श्रावण २९ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप