लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बाध्यताले खक्रौला बासिलाई

📝अप्सरा पुडासैनी :

मानिसको जीवन यात्रा रहेछ र यात्राले नै सम्पूर्ण कर्तव्य पूरा गर्दो रहेछ । यही कर्तव्य पूरागर्न हामी कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला आइपुगेका छौं । मैले रातभरि विवाहको रमाइलो हेरेर केहीछिन अघि आ“खाको‌ बीस मार्न सुतेको थिएं । ब्युंझेर हेर्दा आफू वरिपरि सुतेका साथी सबै उठिसक्नु भएछ । मोवाइलको समयले पनि ६ बजेर नाघिसकेको जनाएछ । एककिसिमले मलाई कताकता लाज र शंकोच लाग्यो महिला भएर घाम लागिसक्दा पनि सुतिरहेको भन्लान भनेर । अनि हत्तपत्त बाहिर निक्लिएं । तरकारी काट्ने ,लसुन छोडाउने, प्याज काट्ने, अदुवा तास्ने धेरै जना रैछन् । दिदीबहिनीहरु फ्रेस हुनुभयो कि भनेर सबैतिर हेरें कतै देखिन । चर्पी धारातिर अरु नै लाइन लागेको देखें ।


यहाँ बसिरहनु भन्दा हिजो परिचय भएर नजिकै भैसकेका कोइरालाको घरमा जान्छु र नित्यकर्म गरेर छिटो आउ“छु भनेर लगभग एकसय पचास पाइला जति अघि लक्ष्मीप्रसाद कोइरालाको घरमा गएं । त्यहाँ चर्पी,धारा सबै खाली रैछन् । छिटोछिटो आफ्नो दैनिकी कर्म गरेर फर्कन लागेको थिएं । घरकी लक्ष्मी राधिका देवीले एकछिन त बसौ न बहिनी म चिया बनाउँछु भनेर धेरै पटक भनिन् मेरो मनले भन्यो एउटा घरको पाहुना अर्को घरमा घरिघरि दुःख दिनुहुंदैन । अनि भनिदिएं खाईसके मैले अनि आफू नजिकैको कुर्सी तानेर बसें । भैसीको गोबर फालिरहेका अन्दाजी ५२–५३ बर्स जतिको पुरुषलाइ देखाउदै यी मेरो देवरबाबु हुन राम्रोसंग बोल्न सक्दैनन् भनिन् । मैले विवाह भए नभएको सोधें भएको रहेनछ ।

यो पछि कुरा यसरी अघि बढाईन् हाम्रो सातवटी छोरी पछि दुई छोरा भए अहिले एउटा भेटेनरी पढिरहेको र अर्को स्कुल पढदै छ । छोरीहरु सबैले आफूआफू विवाह गरे पनि ज्वाइहरु भनेजस्तो भलादमी पाएका छन् । छ ज्वाइं र सात छोरीको दशैमा भेट हुदँं दिन बितेको थाहै हुदैन धेरै छोरीहरु भएको घर स्वर्ग जस्तै हुदोरहेछ भने जेठो ज्वाइं (कमलाको श्रीमान्) माओवादी द्वन्द्वकालमा सरकारको पक्षबाट बित्नुभयो । उहांको घर अलिमाथी नजिकै छ अहिले छोरी र नाति बस्छन् उ स्कुल पढदै छ खेती निकै छ, आफ्नो पनि गर्छे र हाम्रो दुई बिगाहा खेतमा काम सघाउँछे ।

उस्को बुबालाई सुगर छ । भाइ साना भएकोले दुईघरको खा“बो झै भएर बसेकी छे आदि ईत्यादी भन्दै थिईन मोहना खोलातिर बाट दिदीभिनाजु आउनुभयो अनि फेरि विवाह घरमा गयौं हामी । हिजो समयले नभ्याएर सासू बुहारीको पाथी चुल्हो देखि धेरै काम बांकी थियो । यिनै काम गर्न गर्दै रैछन् के के र कसरी गर्दा रहेछन् भनेर म पनि नजिकै गएर हेर्न बसें । दुबै जनाको कपाल बाट तेलको धारा लगाए अनि पछाडि फर्कायर गांठो नफुक्ने गरी बांधे अनि सबै जना परपर गएर बसे दुबै तर्फबाट कपाल फुकाउन दशमिनेट जति तानातान गर्दै कोशिस गरे यस्तो देखेर हामी सबै मज्जाले हांस्यौ ।

यो काम सकिए पछि ज्वाइको आमा (सम्दिनी) ले हाम्रो यताको चलन छ बुहारी भित्रीएको भोलिपल्ट सबेरै नुहाएर गाग्री वा घैलामा पानी लिएर आउनुपर्छ र आफू भन्दा ठुला मानिस सासुससुरा ,काका ससुरा ,काकी सासू ,जेठाजु , जेठानी कसैले बेहुलीको हातको पानी नखाए सम्म अरु केही खानुहुदैन् । यो काम रंजनालाई गर्न लाउकी नाई ?माल्लिन कि नमान्लिन् ? भन्नुभयो । अब हजुरको मानिस भैसकेको छिन् । आफ्नो जे जे चलन छ सबै गर्नुपर्छ र सिकाउनु पर्छ भन्यौं । अनि भान्जीले घैला र अम्खोरा लिएर धारामा गइन र पानी भरेर टाउकोमा घैला राखिन हातमा अम्खोरा लिएर आएर बुढीसासुलाई खाना दिईन् ।

उहांले पानी खादै तम्रो हातको पानी खाने भन्दाभन्दै बाजे बितिगए भन्दै रुनु भयो । मैले प्रष्ट नबुझेर सोधी उहांको श्रीमान् (ज्वाइको हजुरबुबा)लाई नातिनी बुहारीको हातबाट पानी खान ठूलो इच्छा हुदाहुदै बित्नुभयो भन्नुभएको रे भन्नेकुरा थाहा पायौ अनि हामीलाई पनि नरमाइलो लाग्यो । यो कार्यपछि हिजो बेहुली भित्रींदा टाउकोमा राखेको चामलको पोको लिएर भण्डार कोठा देखाउन दुलाहाले दुलहीलाई लिएर जानुभयो । चामल भांडा खन्याउने बेलामा मु कमाइकन ल्याउदो भयाँ तमी निक्करी राख्या भन्नुपर्छ भन्दै बेउलाको आमाले छिटोछिटो भन्नुभयो ।

न उहांले बिस्तारै फेरि दोहोर्‍याएर बुझाउन जान्नुभयो न यो कुरा ज्वाइ साहेबले भन्न जान्नुभयो न हामीले नै कुरा बुझ्यौ अनि दुलाहाले मेरो मुखमा हेर्दै क्या हो ? भन्नुभयो मैले पनि हांसेर हात हल्लाउंदै क्या हो ? क्या ? भनिदिए यसरी सबै अलमल परेपछि तेस्रो महिला अघि आएर अघिन भान्जीको सासुले भनेका कुरालाई बिस्तारै अक्षर अक्षर सिकाईन् मु कमाइकन ल्याउंदो भयाँ तमी निक्करी राख्या अनि दुलाहाले दुलही हेरेर भन्नुभयो । दुलहीले पुर्वको भाषामा हुन्छ, हुन्छ ,हवस् भनिन् । यसको अर्थ मैले राम्रोसंग बुझ्नुपर्ने थियो र फेरि सोधे म कमाएर ल्याउँछु तिमी फारुगर है ? भनेको रे भनेर मलाई बुझाए । हाम्रोतिर भने भन्डारकोठा सासुले बुहारीलाई देखाउँछन् । यति गरे पछि हिजोको अपुरो काम सकियो । अनि नयाँ वरबधुले बाहिर यज्ञमा सत्यनारायणको पुजा तयार भए ।

हामीले चियाखाजा खायौं । नयाँ ठाउँमा पुगेका हामी बिहानको समय बसेरै मात्र के बिताउनु ? बरू तिनै खेत ,फाँट र खोला नै किन नहोस् हेर्ने जाने र कोही साहित्यकार भए भेटगर्ने कुरा गरे मैले । मेरो कुरा सुनेर विवाह गराउने मिन प्रसाद भट्टराई बाहुनले जानुहुन्छ भने यहाँबाट सती भन्सार हुदै कर्णालीको पुल ,त्यहाँबाट केरा बगैंचा हेर्दै आउनुस् र सञ्चारकर्मी भिम वि.क.लाई भेट्नुहोस् उनी टिकापुरमा नाम चलेका मानिस हुन् । सभ्य र सहयोगी छन् । अनि समय रहे विरेन्द्र पार्क जानुहोला । त्यहाँबाट आएर दिव्यसागर साउँदलाइ भेट्नु । अरुसित पनि चिनजान गर्ने भए उनैले गराइदिन्छन् ।

साहित्यक लाइनको कुरा उनैलाई थाहा छ भन्दै पत्रकार भिम वि.क.को मोबाइल नम्बर आफैंले खोजेर दिए । उनको बोलिबचन नै मिलनसार, सभ्य ,सहयोगी र समाजलाई राम्रोसंग पढेका शिक्षित व्यक्ति रहेछन् भनेर मैले लखकाटें । ज्वाइको भाइहरुले अटो घरमा नै बोलाइदिनु भयो । चारजना मात्र अटाउने भएकोले दुई दिदी ,भिनाजु र म सोझै सती भन्सार गयौं ,मोहना खोलाको पुल रहेछ यो । पुलबाट पारी भारत पर्दाे रहेछ । यस्कै छेउमा आठ दशवटा सानासाना घर बनाएर बसेका नेपाली रहेछन् ।

पुलकै आडमा टीकापुर पार्क र गोल्डेन होटल एण्ड लज लेखिएको बोर्ड राखेको रहेछ । यहीं बसेर धेरैबेर पानीको रफ्तार हेर्याै कता बगेको छ भनेर पत्ता लाउन सकेनौं र मैले लेख्न लगेको कापीको पाना च्यातेर डल्लो बनाएर खोलामा फाले जाँहा पुग्यो त्यहीं बसिरह्यो । अटोरिक्सा चालकले यसको गहिराइ धेरै भएकोले पानी बगेको थाहापाउन नसकेको हो तर नेपाल हुंदै भारत गएको छ भनेर जानकारी गराए मैले यी कुरा छिटोछिटो टिपोट गरे । सती भन्सारको भवन भखरै बनेको रहेछ तर प्राङ्गणमा विभिन्न समयमा समातिएको चोरी मोटरसाइकलको संख्या गनेर नभ्याउने रहेछ यसलाई हेर्दै कर्णाली पुलतर्फ दौडियौं हामी ।

पाँचसय मिटर लम्बाइ भएको कर्णालीको पुलमा तातोहावा खाँदै धेरै समय बस्यौं । फोटो कैद गर्यौं । खोलाको चौडाइ ठुलो भए पनि बाङ्गगो टिङ्गगो भएकोले होला हाम्रो आँखाले हेर्न भ्याएसम्म ठाउँमा बाँधबाँधेको देखिएन । यो पुल आधा कैलाली र आधा बर्दिया पर्दोरहेछ । यो पुलबाट बर्दिया राष्ट्रिय निकुञ्जका पशुपन्छीहरु कैलाली जिल्लामा आउ“छन् रे यो पानी पनि हरियो रहेछ र ठाउ“ठाउ“मा भुमरी परेर स्लो बगेको रहेछ । यसको गहिराई जान्नमन लाग्यो मलाई र उनै स्थानीय अटो चालकदाजुलाइ सोधे ।

उनले भने मलाई ठ्याक्कै थाहा भएन बहिनी अन्दाजी तिनबा“स जति होला भनेर जानकारी गराए । बस्दाबस्दै मैले चारलाइन कविता यसरी कोरें ।
औलो नै आउने यो तातो हावा चलेको सरर
पुलमा बस्दा खुसीले मेरो मन भयो हरर
हरियो पानी स्लो बगी जानी कर्णाली रहेछ
यो हेर्न पाउ“दा घाम र हावा गाएब भएछ ।
अझै बसेर यस्तै कविता लेल्न मन थियो तर के गर्नु ?

जति बस्यो उती अटोको भाडा बढने हुनाले बेलुवा बजार, एकान्त शितल कटेज हुदै ,टीकापुर नौ खैरिपुर(हुलाकी चोक)मा आएर संचारकर्मी भिम वि.क.लाइ पर्खियौ । चौतारामा पन्ध्र मिनेट जति बसेका थियौ भिम वि.क. आइपुगे । परिचयको साथै केही छिन् कुराकानी गर्यौ र उपहार स्वरूरुप रमेशमोहन अधिकारीजीको आफैसंग र मेरो टुप्पो तल्तिर जरा मास्तिर शीर्षक भएको संस्मरण संग्रह दुई दुई प्रती उनलाई र श्रेष्ठ प्रिया पत्थरलाई भनेर दिए मैले ।

उनले भने हजुरलाइ एकछिन समय छ भने यहा“को पुस्तकालय घुमाइदिन्छु यसको छेउमा श्रेष्ठ प्रियापत्थरको घर छ त्यो पनि हेर्नुहोला तर दिदी अहिले धनगढी बस्ने गर्नुहुन्छ भन्दै पुस्तकालयमा कामगर्ने कर्मचारीलाई फोन गरे हामीलाई हेर्न नलेखेको शनिबार खुल्ने र आईतबार बन्द हुने नियम रहेछ त्यो दिन आईतबार थियो हाम्रो काम छोटीयो अनि पत्रकार भिम वि.क. हामी सितबिदा भए । पत्रकार : भिम वि.क.लाइ कृति दिएको देखेर ड्युटीमा खटेका सुरक्षाकर्मीले पनि किताब मागेर सुरु देखि अन्तिम सम्म सररररर पल्टाएर हेर्दै मलाई पनि साहित्यीक क्षेत्र धेरै राम्रो लाग्छ तर अहिलेसम्म लेखेको भने छैन भने ।

यस्तो रुचि भएको मानिसलाई पढ्न दिनुपर्छ भन्ने लाग्यो र मेरो संस्मरण दिएं मैले । उनको नाम नरेश कोली र घर अछाम जिल्लामा रहेछ । जागिरको सिलसिलामा ९ महिना अघि यहा“ आएको रहेछन् । मोटामोटी यति जानकारी लिएर उनीसंग छुट्यौ हामी । प्रचन्ड गर्मी ,खाल्डाखुल्डी कच्ची बाटोमा ,शरिरको सम्पूर्ण भाग हल्लाउंदै जा“दा बाट निक्लेको थियौं सोही ठाउ“मा पुग्यौं ।

भोज खान आउने निम्तालुहरु कोही दुईलाइनमा बसेर खानलाई पर्खी रहेका रहेछन् ,कोही खाइरहेका रहेछन्, कोही बेहुलाबेहुलीलाई आशिर्वाद दिन कुरी रहेका रहेछन् । त्यहा“को नियम वरवधुलाइ टीका लगाएपछि उनीहरुले (नया“ दुलाहादुलहीले) पनि लगाएको देखेपछि मलाई नौलो लाग्यो एकछिन हेर्दै सोचे यस्तो राम्रो चलन अब मेरो छोराको विवहामा यस्तै गर्छु जता हेर्छु उतै नया“नया“ नियम देखें ।

यसरी बिहानैदेखि विभिन्न समुहमा मानिसको भिडले फेरि अर्को कुरा खेल्यो यसरी छिटो खुवाउने चलन रहेछ र पो राति बाह्र बजेदेखि दश पन्ध्रजना पुरुषको हात खाली नभएको रहेछ । एकछिन रमाइलो हेर्यौ ,हातखुट्टा धुयौ,दुई घण्टा जस्तो आराम गर्यौ । घडीले एक बजेको जनायो अब पनि बसे हामीलाई घर फर्कन हतार हुने भएकोले खाना खायौं ।

भान्जी ,ज्वाइलाई टीका लगाइयौ र घरपरिवार शीत बिदा माग्यौ । केको बिदा दिन्थे र कोही एकदुई दिन अरू बसौ भन्ने ,कोही झोला खोस्ने कोही टीका दक्षिणा तयार पार्ने त कोही सगुनको लागि दही ठिक पार्न लागेको देखेर मलाई औडाहा भयो । अब यहा“बाट कसरी भाग्नु भन्ठान्दै थिएं त आ“ट म पूरा गर्छु भनेझैं ,कमला कोईराला दौडेर आएर दिब्यसागर साउ“द हजुरलाई भेट्न मेरो घरमा आउनु भएको छ ,हिड्नुहोस् भनिन् अनि बिरालोको चालमा त्यहा“बाट सुटुक्क निक्लिएं म ।

उनी भएको ठाउ“मा पुगेर परिचय गर्यौ । रमेशमोहन अधिकारीजी ले उहा“को भाग कृति पठाउनु भएको थियो मेरो पनि थपेर दिएं । अनि साहित्यक कुरा गर्दै थियौ मेरो दिदीबहिनी अटो लिएर त्यहीं लिन आउनुभयो । यस्तो छिटो छुट्न मन थिएन र पनि बाध्यताले खक्रौला बासीसबैलाई बाईबाई गर्दै अटो चढेर घरतर्फ लाग्यौं हामी ।


प्रकाशित : २०७९ मंसिर २६ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप