लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलालीबाट करिब १८ लाख अवैध रकम सहित दुई पक्राउ

कैलालीबाट करिब १८ लाख अवैध रकम सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नं.१ ब्लक नंबर १४ बस्ने अर्मन चौधरी रहेका छन । चौधरीको साथबाट ५,३१,४००।- रुपैयाँ (पाँच लाख एकतिस हजार चार सय रुपैयाँ ) बरामद गरिएको छ ।

प्रहरीका अनुसार “अर्मन चौधरीले संचालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स नामक पसलमा श्रोत नखुलेको अवैध भारतीय रुपैयाँ लुकाई छिपाई गरी राखिएको छ ” भन्ने विशेष सुचनाको आधारमा चौधरीलाई पसलको अघि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । चौधरीलाई आवश्‍यक कारवाहीको लागी राजश्‍व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको छ ।

यस्तै,कैलाली कै भजनी नगरपालिका–५ गुलरीयाघाटबाट भारतको लखिमपुर खिरी तिकुनियाका ३२ वर्षीय अमन कुमार गर्गलाई ८ लाख ९६ हजार ६ सय ६० नेपाली रुपैयाँ सहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय, पृथ्वीपुरले मङ्गलवार उनलाई युपी ३२ एचएच ६५५३ नम्बरको भारतीय मोटरसाइकल सवार रहेको बेलामा पक्राउ गरेको हो। प्रहरीले उनलाई अवैध रकम र मोटरसाइकलसहित भन्सार कार्यालय, सत्ती पठाएको छ।


प्रकाशित : २०८२ बैशाख २३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप