लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लोक दोहोरी गायिका इन्दिरा गोलेको निधन

चर्चित लोक दोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। इन्दिरा काठे भाकाकी चर्चित गायिका हुन्।

क्यान्सर रोगको कारण गएराति १२ बजे ललितपुरको हात्तीवनस्थित आपार्टमेन्टमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी ५९ वर्षकी थिइन्।

उनका ‘चागुनारायण थान’, ‘हुक्का चिलिमले,’ ‘आज मलाई उनीको पछ्यौरी’ लगायतका गीत चर्चित छन्। तिनै गीतबाट उनले प्रख्याती पनि कमाएकी थिइन्।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा २०२३ साल कार्तिक ३ गते जन्मिएकी उनले ५ हजार भन्दा बढी गीतमा स्वर दिएकी छन्। उनले नेपाली लोक दोहोरी, तामाङ सेलो तथा भाषाका साथै देउडालगायत भाषा र भाकाका गीतहरु गाएकी छन्।

बुधबार नै बौद्ध परम्परा अनुसार उनको अन्त्यष्टी गर्ने तयारी भएको तामाङ कलाकार संघले जनाएको छ।

अन्त्यष्ठिअघि श्रद्धान्जलीका लागि उनको शव राष्ट्रिय नाचघरमा राख्ने तयारी उनको दुई छोरी छन्। उनका पतिको पनि क्यान्सर रोगकै कारण केही वर्षअघि निधन भएको थियो।


प्रकाशित : २०८२ भाद्र १८ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप