सत्ति/टीकापुरकाे सत्तिमा रहेको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्षमा प्राङ्कुश चाैधरि निर्विरोध निर्वाचित भएका छन् ।

सहकारीको उन्नाइसौं साधारणसभा कार्यक्रम अन्तर्गत सोमबार भएको उमेदवारको मनोनयन फिर्ताको समयसीमा भित्र अध्यक्षपदका अर्का उम्मेदवार शशि श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि चाैधरि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सहकारी संस्थाको नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता र साेमबार दिउँसो ३ बजेसम्म सहमतिको समय निर्धारण गरिएको थियो । आइतबार मनाेनयन दर्ताको समयमा अध्यक्षमा शशि श्रेष्ठ र प्राङ्कुश चाैधरिकाे उम्मेदवारी परेको थियोे ।

सहमति पछि साेमबार अध्यक्ष पदका उम्मेदवार रहेका शशि श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि प्राङ्कुश चाैधरि निर्विरोध निर्वाचित भएको जनाइएको छ । यश अघिको कार्यकालमा श्रेष्ठ दुई कार्यकाल उपाध्यक्ष रहि सकेका थिए भने चाैधरि काेषाध्यक्ष रहेका थिए ।
३ जना पदाधिकारी सहित ९ सदस्यीय सञ्चालक समितिका लागि सबै पदमा पनि एक/एक जनाको मात्रै उम्मेद्बारी परेको निर्वाचन समितिका संयोजक विरेन्द्र शाहले जानकारी दिए ।
सहकारीको नयाँ नेतृत्वको लागि उपाध्यक्षमा पहलवान चाैधरि, काेषाध्यक्षमा रानी रानी शाह र सदस्यहरुमा साँधुराम चाैधरि,सरला ठकुराठि कर्ण ,शारदा कुमारी रिजाल ,फुलराम चाैधरि ओमलाल सुनार,खेम बाेहराको मात्रै उम्मेद्बारी परेको संयोजक शाहले जानकारी दिए ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समितिकाे संयोजकमा भिम वि. क. र सदस्यहरुमा सुना कुमारी सिंह राठौर र टंक बहादुर ठकुल्ला निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक शाहले जानकारी दिए ।
२०६३ सालमा ३१ जनाले ३१ सय शेयर पुंजीबाट शुरु गरेकाे सहकारीले १ करोड ९३ लाख १४ हजार २५९ रुपैयाँ ऋण लगानी गरि ७ लाख ८९ हजार मुनाफा गरेकाे छ भने हाल उक्त सहकारीमा १ हजार ८० जना शेयर सदस्य रहेका छन् भने सहकारीले ८ लाख ६२ हजार ३ सय ६६ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ। भने शेयर पुँजी ५३ लाख ३४ हजार ४ सय रहेको छ। सहकारीको पाँच करोड ६७ लाख बराबरको सम्पत्ति रहेको छ । सहकारीले आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ९ लाख ९७ हजार ८४० रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम पारित गरेको छ ।










समाचार 