सत्ति/सहकारीमा इमान्दारिताको खाँचो रहेको शनिबार आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

टिकापुर नगरपालिका–६ सत्ति स्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार आयोजित १९औं साधारण सभाका प्रमुख अतिथिका रुपमा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् ।
टिकापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बलिराम चाैधरिले सहकारी सञ्चालक ,कर्मचारी र शेयर बीच इमान्दारिता भए सहकारीले राम्रो गति लिने बताएका छन् ।
उनले भने,“सहकारीको बिश्वसनीयता माथि संकट पैदा भएको अवस्थामा संञ्चालक र कर्मचारी उत्तिकै जिम्मेवारी बन्नुपर्छ ।”

कार्यक्रमका विशिष्ट अतिथि रहेका टिकापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिर्घ ठकुल्लाले सहकारीलाई सबल बनाउन वित्तिय अनुशासनको पालना गर्दै सरकारको सहकारी ऐन अनुसार अघि बढ्न आवश्यक रहेको बताए । अर्का विशिष्ट अतिथि रहेका टिकापुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष यज्ञ न्याैपानेले सहकारीको विधि,विधान तथा नीति र नियममा बाँधिएर सहकारी संचालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत,सामुदायिक सहकारी सत्तिका अध्यक्ष पल बहादुर बस्नेत ,लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारीका सचिव ओपेन्द्र खड्का ,मातृभूमि साना किसान कृषि सहकारी सत्तिका अध्यक्ष मञ्जु वि.क. लगायतका वक्ताहरुले सहकारीको मेरुदण्ड शेयर सदस्य लक्षित योजना तथा कार्यक्रम मार्फत उनिहरुकाे जीवन स्तर उकास्नु पर्नेमा जाेड दिएका थिए ।
सञ्चालक समिति सदस्य सरला कर्णकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा ऋण समिति संयोजक शशि श्रेष्ठ,लेखापरीक्षण समिति संयोजक भिम बहादुर विक र सहकारीका अध्यक्ष डम्बरबहादुर घर्तीले क्रमशः ऋण समितिको प्रतिवेदन ,लेखा समितिको प्रतिवेदन र अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६३ सालमा ३१ जनाले ३१ सय शेयर पुंजीबाट शुरु गरेकाे सहकारीले १ करोड ९३ लाख १४ हजार २५९ रुपैयाँ ऋण लगानी गरि ७लाख ८९ हजार मुनाफा गरेकाे छ भने हाल यस सहकारीमा १ हजार ८० जना शेयर सदस्य रहेका छन् भने सहकारीले ८ लाख ६२ हजार ३ सय ६६ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ भने शेयरमूल्य पुँजी ५३ लाख ३४ हजार ४ सय रहेको छ।
सहकारीको पाँच करोड ६७ लाख बराबरको सम्पत्ति रहेको छ । यसैगरी साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ९ लाख ९७ हजार ८४० रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम पारित गरेको छ ।
सहकारी संस्थाको सदस्य सहित पदाधिकारी तथा लेखापरीक्षण समिति चयनका लागि निर्वाचनको कार्यक्रम भाेलि आइतबार हुने निर्वाचन समितिका संयोजक विरेन्द्र शाहले जानकारी दिए ।










समाचार 