लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नारायणपुरमा गणेश उत्सव सुरु

सत्ति/टीकापुर–६ नारायणपुरमा गणेश उत्सव–२०८२ सुरु भएको छ ।

गणेश चतुर्थीको अवसरमा साे उत्सव सुरु भएको हो । सत्तिकाे पद्म प्रकाशेश्वर मन्दिरबाट बाजागाजा, भजन र नृत्यका साथ गणेश मूर्ति स्थापना भएको हो।

हिन्दु धर्मावलम्बीले सबैभन्दा पहिले पूजा गरिने श्रीगणेशलाई बाधा हरणका रूपमा मान्ने परम्परा अनुरुप शुरु भएको गणेश उत्सव कार्यक्रम भदौ १७ गतेसम्म संचालन हुनेछ। बिहान पूजा र बेलुकी ८ बजेदेखि भजनकीर्तन तथा सांस्कृतिक कार्यक्रम हुने आयोजक संस्थाका सचिव कुलराज खनालले जानकारी दिए। भदौ १७ गते मूर्ति विसर्जन हुने उनलेे बताए ।

गणेश उत्सव समितिका लागि टीकापुर ६ नं वडा लक्ष्मीनारायण सहकारी र सामुदायिक सहकारीले विशेष सहयोग गरेका छन्।
उत्सव उद्घाटन कार्यक्रमको अध्यक्षता ओपेन्द्र खड्काले गरेका थिए भने टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा विभिन्न महानुभावले आफ्ना धारणा राखेका थिए ।


प्रकाशित : २०८२ भाद्र १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप