जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले मातृ भाषाको प्रयोगले बालबालिकाको शिक्षण सिकाई सहज,प्रभावकारी र दिगो हुने बताउनु भयो । गाउँपालिकामा आधारभुत तह (कक्षा १-२) को स्थानिय विषय “हमार जानकी” र (कक्षा१-५) को “हाम्राे जानकी” को पाठ्यपुस्तक प्रबोधिकरण कार्यक्रम सम्पन्न गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नो स्थानिय भाषामा बालबालिकाहरू पढ्न पाउँदा राम्राे सँग सिकाई गर्न र बुझ्नेमा सरलता हुने बताउनु भयाे। 
विद्यार्थीहरुलाई माैलिक भाषाको सिकाइको विकास तथा आफ्नो पहिचान सँगै सिप र व्यवहारिक शिक्षा प्रदानको लागि शिक्षण सिकाईलाई सहज एवम् प्रभावकारी बनाउन प्रबोधिकरण कार्यक्रम गरिएको छ ।
जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयको सहभागीता रहेको थियो भने सहजिकरण टीकापुर बहुमुखी क्याम्पसका सह-प्रध्यापक नाथु राम चौधरी,शिक्षक टंक देवकोटा, साेम प्रसाद कठरिया,खगेन्द्र उपाध्यायले गर्नु भएकाे थियो। कार्यक्रममा उपाध्यक्ष लालमति कठरिया,शिक्षा शाखा प्रमुख धर्मानन्द कपाडी, शंकर न्यौपाने लगायतको उपस्थिति रहेको थियो। गाउँपालिकामा स्थानिय विषय २०८० बाट पाठयक्रमको आधारमा पढाई सुरु भएको छ ।










समाचार 