टिकापुर / कैलालीको टिकापुर नगरपालिकाले करदाता सेवा स्थानीय तहबाट सुचारु गरेको छ । नगरपालिकाले आजबाट सो सेवा सुचारु गरेको हो ।
नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाट दिने निर्णय अनुसार आन्तरिक राजश्व कार्यालय र टिकापुर नगरपालिका बिच सम्झौता भई स्थानीय तहबाट करदाता सेवा सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका करदाताहरूले राजस्व कार्यालयमा राजश्वको सेवा लिँदा समय लाग्ने र समस्या भोग्नु परेको थियो तर हरेक पालिकामा अब करदाता सेवा सुचारु भएपछि सजिलै पालिकाबाट सेवा लिन सहज हुनेछ ।
नगरपालिकाबाट अब करदाता सेवा चुस्त दुरुस्तमा सेवा हुने टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताए । स्थानीय तहबाटै करदाता सेवा सञ्चालन गरेपछि व्यापारी लगायत सबैले सजिलै सेवा लिन सजिलो हुने टिकापुर उद्योग वाणिज्य संघका सदस्य सर्पराज साउँदले बताए ।
पहिला हप्तौँ सम्म लगाएर कर बुझाउने गरेको थियौँ तर अव सहज रूपमै कर बुझाउने र करदाता दर्ता गर्न सक्ने साउँदले बताए । टिकापुर नगरपालिकाले सरकारको निर्णय अनुसार सेवा सुचारु गरेको जानकारी गराएको छ।
गाउँपालिकाका स्थानीय गोकुल आचार्यले बताए । नेपाल सरकारले स्थानीय तहबाट करदाता सेवा सुचारु गर्न निर्णय बमोजिम पहिलो चरणमै करदाता सेवा कार्यालय कैलालीबाट टिकापुर नगरपालिकाले गरेको हो ।










समाचार 