सत्ति/टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइँ संस्थाकाे अध्यक्षमा खड्क धामी निर्वाचित भएका छन् ।

नौ सदस्यीय कार्यसमितिका लागि साउन ३० गते भएको निर्वाचनमा ३ हजार ६ सय ९३ जना मतदाताले मतदान गरेका थिए मतगणना आइतबार राति सकिएको छ ।
मतगणनाको नतिजा अनुसार काँग्रेस प्यानलबाट अध्यक्षमा खडग धामीले १ हजार २ सय ३८ मत, कोषाध्यक्षमा हीरासिंह विष्ट १ हजार १ सय १० मत, उपाध्यक्षमा एकीकृत समाजवादी बाट सीतादेवी चौधरी १ हजार ५१ मत र सचिवमा एमाले बाट प्रकाश खड्का ७ सय ७३ मत प्राप्त गरी वविजयी भएका छन् ।
यसैगरी, सदस्य पदमा कांग्रेसका डम्बरबहादुर नायक, जानकी आचार्य, एमाले बाट बमबहादुर ओली, जाल्पा भट्टराई र एकीकृत समाजवादीबाट तेजे ठकुल्ला निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार सृजना शर्मा पण्डितले ४ सय ४४ मत पाएका थिए भने नागरिक उन्मुक्तिबाट अध्यक्षका उम्मेदवार विश्राम चौधरीले तीन ८८ मत पाएका थिए ।
८ हजार ६७० उपभोक्ता रहेको खानेपानीमा ६ हजार ७९२ जना मतदाता सूचीमा थिए । खसेका मत मध्ये ९ सय ३७ मत बदर भएकाे निर्वाचन अधिकृत श्यामराज पाण्डेले जानकारी दिए । निर्वाचित अध्यक्ष खड्ग धामीले आफूले गरेको संस्थामा आर्थिक पारदर्शिता र स्वच्छ खानेपानी वितरण गर्ने प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
खानेपानीमा कांग्रेस, एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले प्यानल सहितको उम्मेदवारी दिएका थिए ।
खानेपानीका यसअघिका कार्यसमितिले संस्थाको लाखौं रुपियाँ पेश्की लिएर व्यक्तिगत काममा खर्च गरेका थिए । १५ लाख ७५ हजार लिटर क्षमताका चारवटा आकाशे ट्याङ्की मार्फत पानी वितरण गर्दै आएको खानेपानीले गत वर्ष पानी महसुल र धारा जडानबाट ६६ लाख र पानीको महसुलबाट तीन करोड ४२ लाख आम्दानी गरेको छ । खानेपानीले नगर विकास कोषको १३ करोड आठ लाख ऋण तिर्न बाँकी छ ।










समाचार 