सत्ति/गत माघ ५ गतेबाट नेतृत्व विहिन भएको टिकापुर नगरपालिकाको कार्यवाहक नेतृत्व कसले गर्ने विषयमा आज साेमबार पनि कार्यपालिका सदस्यहरु बीच छलफल भए पनि सहमति हुन नसक्दा छलफल बिना निष्कर्ष सकिएको छ ।
साविकको नागरिक उन्मुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी बाट कार्यपालिका सदस्य रहेका सदस्यहरु बिचमा आपसी सहमति हुन नसक्दा कावा नगरप्रमुखकाे नेतृत्व गर्ने विषयमा टुंगोमा पुग्न नसकेको साेमबार बैठकमा सहभागी एक कार्यपालिका सदस्यले जानकारी दिए ।

“सहमतिको आधारमा कार्यबाहक नगर प्रमुख तोक्ने कुरामा जेष्ठ सदस्यलाई सर्वसम्मत रुपमा चयन कुरामा समेत सहमति नभएको उनलेे बताए । निर्वाचन सम्मका लागि मात्र भए पनि कार्यपालिका सदस्यहरु मध्येबाट ज्येष्ठ सदस्य रामबहादुर नगार्जिलाई कार्यवाहक नगर प्रमुख चयन गर्ने विषयमा पनि सहमति हुन नसकेको कार्यपालिका सदस्य मञ्जु वि.क.ले बताउनु भयो ।
फागुन २१ गतेसम्मका लागि मात्र भए पनि कावा नगर प्रमुख चयन नभएमा नगरपालिका बाट प्रदान गरिने दिर्घ राेगि,आर्थिक सहायता दिने र अन्य दैनिक रुपमा दिने सेवामा प्रत्यक्ष असर पुग्ने वि.कले बताउनुभयो ।
नगरपालिकामा छाेटाे समयका लागि मात्र भए पनि कार्यवाहक नगर प्रमुख चयन गर्न नसक्दा राज्यबाट उपचार खर्च प्राप्त गरिरहेका सेवाग्राही मारमा पर्नेछ उहाँले बताउनुभयो ।
टिकापुर नगरपालिकामा १७ जना कार्यपालिका सदस्य रहेका छन् ।
जस मध्ये साविकको नागरिक उन्मुक्ति पार्टीबाट ७ जना छन्,नेपाली काँग्रेसबाट ५ जना,माओवादी बाट ४ जना र एमालेबाट १ जना रहेका छन् भने हालको नेकपाबाट टिकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरी, वडा नं.७ का वडा अध्यक्ष यज्ञ न्यौपानेको दाबी रहेको देखिन्छ । उता ज्येष्ठ कार्यपालिका सदस्य रामबहादुर नगार्जीले आफुलाइ कावा नगर प्रमुखको जिम्मेवारी दिनुपर्ने दावि गर्दै आउनु भएको छ ।
कार्यवाहक नगर प्रमुख चयनको लागि नेपाली कम्युनिस्ट पार्टीका कार्यपालिका सदस्य र नेता बिच भाेलि छलफल हुने जनाइएको छ ।











समाचार 