लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कलाकार तक्की खानको निधन

सत्ति / राष्ट्रिय खेलाड एवम् अभियनकर्ता तक्की खानको निधन भएको छ । धनगढी उपमहानगरपालिका – १ पशुपति टोल निवासी ८० वर्षीय तक्की खानको सोमबार राती निधन भएको हो ।

धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए । सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक रहेका थिए । उनले काठमाण्डौमा समेत पुर्व राजा महेन्द्र शाहको निगरानीमा करिब ४ महिना डोजर चलाएका थिए ।

त्यहीबाट भारत्तोलन खेल्न सुरु गरेका तक्की खानले देशभर बिभिन्न ठाँउमा भएका खेलमा ४५ भन्दा बढी पदक जितेका थिए । उनले नेपालबाट भारत्तोलन खेल्न बंगलादेश पनि पुगेका थिए ।
उनले नेपाली चलचित्रमा खलनायको भूमिका पनि निर्वाह गरेका थिए । उनले महानायक राजेश हमाल देखि विराज भट्ट बलिउडका चर्चित नायिका खुस्बु सम्म संगै काम गरेका थिए ।

खलनायकको भूमिकामा अभियन गर्ने खानले मर्म, प्रतिक्षा, भरोसा, बौछार, य कैसिन नाता, उनको अंगरक्षक, सावन, रखवाला, अन्नदाता, अग्निपुत्र लगायत नेपाली ठुला पर्दाका २४ वटा फिल्ममा अभिनय गरेका छन । भारतिय नायिका खुस्बु संग अभिनय गरेको फिल्म चाहि ‘भुल नही जाना’ रहेछ ।

अग्लो र मोटो जिउ, लामो कपाल भएका तक्की खान केहि वर्ष अत्तरिया धनगढी लगायतका बसपार्कमा भेटिने गरेका थिए । युवा उमेरमा अभिनय, खेलाडी र डोजर चालकको काम गरेका तक्की बुढेसकालमा भने बसपार्कहरुमा सवारी चालक संग पैसा मागेर खाने गरेका थिए । बसपार्कमा बसिरहने उनलाई सवारी धनी र चालकले स्वफुर्त रुपमा पैसा दिने गर्थे ।


प्रकाशित : २०८० पुष २ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप