सत्ति/टीकापुर नगरपालिका वडा नम्बर ७ सत्ति स्थित पद्म प्रकाशेश्वर महादेव मन्दिरकाे पुजापाठ तथा बिशेष पुजाका लागि स्थापना भएको अक्षयकोषमा रकम थप भएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ७ सत्ति बस्ने माेहन बहादुर शाहले स्थापना गरेको उक्त अक्षयकोषमा यस अघि ६ लाख ६६ हजार छ सय ६६ रुपैयाँ रहेकोमा साे रकममा पुनः शाहले ५५ हजार ५ सय ५५ रुपैयाँ पुनः थप गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए ।
मन्दिरका पुजारी र परिचरको साथ मन्दिरमा आउने सन्तहरु लाई भोजन खर्च भनेर वि. स १९९९ साल भदौ ३१ गते को दिन तत्कालीन राजा स्व त्रिभुवन वीर बिक्र्म शाहले लगाएकाे लालमोहरमा उल्लेख भए अनुसार कम्पनी रुपैयाँ ९२१/- वार्षिक यस मन्दिरले पाउने गर्दथ्याे ।
हाल सो रकम आउने नगरेको तर नेपाल सरकारबाट वार्षिक नौ हजार आउने गरेको अध्यक्ष कायस्थले बताए । मन्दिरको दैनिक पुजापाठमा सहयोग होस् भनेर टीकापुर ६ सत्ती निवासी स्व. भिम प्रकाश शाह का नाति स्व.घमण्ड बहादुर शाह्र स्व माता केशर कुमारी शाहका ज्येष्ठ पुत्र श्री मोहन बहादुर शाहले नित्य पुजा र विशेष पुजाको निम्ति केही सहयोग होस भन्दै २०७९ साउन-१६ गते ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बाट सुरु गरेको अक्षयकोष मा पछिल्लोपटक रु.६,६६,६६६ रहेकोमा त्यसमा ५५ हजार ५ सय ५५ रुपैयाँ थप गरि अहिले ७ लाख २२ हजार २ सय २२ रुपैयाँ पुगेको छ ।
अक्षयकोष रकमको ब्याज बाट प्राप्त रकम बाट मन्दिरको नित्य पुजामा खर्च हुने मन्दिर व्यवस्थापन समितिका सचिव भिम बहादुर विकले बताए । एक कार्यक्रमका बिच साे अक्षयकोष रकमको ब्यानर साविक नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिरसिंह कडायतले अनावरण गरेका थिए ।
यसरी मन्दिरको नित्य पुजाकाे लागि अक्षयकोष मा वर्षेनी रकम थप हुँदै जानू सराहनीय कार्य भएको पुर्वअध्यक्ष कडायतले खुशी व्यक्त गरेका थिए ।










समाचार 