टीकापुर सरोकार समूह जसले विगत केही वर्ष देखि यस क्षेत्रमा थुरै सामाजिक कार्यहरु गर्दै आएको छ । त्यही समुहले फेरि टिकापुरमा रहेको अग्रीणी शैक्षिक संस्था वीरेन्द्र विद्या मन्दिर विद्यालयको स्वर्ण जयन्तीको अवसरमा अत्याधुनिक सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने भएको छ ।
विभिन्न सरोकारवालाहरुको सुझाव पछि टीकापुर सरोकार समुहले एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रकै पुरानो शैक्षिक संस्था श्री वीरेन्द्र विद्या मन्दिरमा अत्याधुनिक पुस्तकालय निर्माण गर्ने जनाएको हो ।
टीकापुर सरोकार समूहको संयोजन ,नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोगमा बनाउने बनाउने भनिएको पुस्तकालयमा पाठ्यक्रम सम्बन्धित सयौँ महत्त्वपूर्ण पुस्तकहरू,थुप्रै ई-पुस्तकहरू, हाइ-टेक कम्प्युटरहरू, बस्ने आरामदायी कुर्सी एवं पढ्ने टेबुलहरू लगायतका सुविधाहरू सहित आधुनिक पुस्तकालय बन्ने छ ।
वीरेन्द्र विद्यामन्दिर माविको स्वर्ण जयन्तीको अवसरमा
सम्पन्न हुन लागेको यस ऐतिहासिक र सामाजिक कार्यका लागि प्रथम चरणमा अफ्रीकामा रहेका डा. सुधीर रुपारेलियाको रुपारेलिया फाउन्डेसनले ५००० अमेरिकी डलर ( नेपाली रुपैयाँ ६८०,०००),टीकापुरका मिनबहादुर रावलले रु ४ लाख र टीकापुर सरोकार समूहका संरक्षक हिक्मत थापाको गगन फाउन्डेसनले रु.एक लाख सहयोग गरेको छ ।
डा. सुधीर रुपारेलिया युगान्डाका लागि नेपालका अवैतनिक वाणिज्य दूत समेत हुन । यसैगरी टीकापुर विकास समितिका पूर्व योजनाकार प्रमुख मीनबहादुर रावल टीकापुर नगर तथा वीरेन्द्र विद्या मन्दिर स्थापनामा योगदान दिने प्रमुख व्यक्तित्व मध्यका एक हुन्।
यस्तै गगन फाउन्डेसन स्वर्गीय साहित्यकार तथा समाजसेवी गगनसिंह थापाको स्मृतिमा स्थापित सामाजिक संस्था हो । यस फाउन्डेसनले विगत केही समय देखि यस क्षेत्रमा थुप्रै सामाजिक र मानवीय कार्यहरु गर्दै आएको छ । थापाका कर्णालीको छेउछाउ , पुर्खाको चिठी , अस्ताचलको ढोकाबाट लगायत ९ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।










समाचार 