लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बैतडीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ बजे सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका डिलासैनी गाउँपालिका–१ नगराउ निवासी २४ वर्षीय जिप चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ का ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीया कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेका छन्। तीमध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताइएको छ ।


प्रकाशित : २०८२ असार २८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप