सत्ति / सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी दुर्घटनामा परेको छ ।
भौतिक तथा पूर्वाधारमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीको गाडी कैलालीको लम्कीमा एकआपसमा ठोक्किएर कच्याककुचुक भएको छ ।
सार्की सवार से. १ झ ३३० नम्बरको गाडीले पाल सवार बा.२ झ १४१९ गाडीलाई ठक्कर दिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
दुवै मन्त्री जानकी गाउँपालिका–९ स्थित कटासे जलविद्युत परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनजाने क्रममा दुर्घटना भएको हो ।










समाचार 