ओम प्रकाश चाैधरि / टिकापुर नगरपालिका वडा नम्बर ९ झुँगा स्थित एक विद्यालयका एसइइ उत्तीर्ण बालबालिकालाई साइकल सहयोग गरिएको छ ।

वडाको सेती मैयाँ चाैधरि मावि बाट २०८१ सालको एसइइ परिक्षामा सहभागी भइ उत्तीर्ण भएका ३ जना बालबालिकालाई शुक्रबार एक कार्यक्रमका बिच साइकल सहयोग गरिएको हो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगाेपाल चाैधरिकाे अध्यक्षतामा भएको साइकल सहयोग कार्यक्रममा टिकापुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लाैटन चाैधरि रहेका थिए । एसइइ परिक्षामा सहभागी भएर उत्तीर्ण रहेका बालिकाहरुलाई उत्साह जगाउनका लागि साइकल सहयोग गरिएको वडा अध्यक्ष चाैधरिले बताए ।
साइकल पाउनेहरुमा भाइ युवराज चौधरी, इसिका चौधरी र जिज्ञासा चौधरी रहेको साे विद्यालयका प्रधानाध्यापक पतिराम चाैधरिले जानकारी दिए । साे कार्यक्रमकाे संचालन शिक्षक प्यारुराम चाैधरिले गरेका थिए । शिक्षक अभिभावक तथा विद्यार्थीको सहभागीतामा भएको साे कार्यक्रममा आगामी वर्ष पनि एसइइ उतिर्ण विद्यार्थीलाई साईकल दिने लक्ष्य रहेको वडा अध्यक्ष लाैटन चाैधरिले जानकारी दिए ।










समाचार 