कैलालीको धनगढीमा एक माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा शिक्षकबाटै बलात्कृत भएकी छिन ।
त्रिनगर माध्यमकि विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकामाथि सोही विद्यालयका तेक्वान्दो खेल प्रशिक्षक धनगढी उपमहानगरपालिका–४ का पृथ्वीराज घिमिरेले बलात्कार गरेको खुलेको छ भने उनी विरुद्ध उजुरी परेको छ ।
घिमिरेले १३ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक बलात्कार गरेको र पछिल्लो पटक बालिकालाई घुम्न जाउ भन्दै पुनर्वास नगरपालिकाको आईबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै बलात्कार गरेको पिडित पक्षको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराका अनुसार जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी परेपछि आरोपीत घिमिरे भने फरार भएका छन् । बालिकाले घिमिरेले आफूमाथि बलात्कार गर्ने गरेको कुरा आमालाई बताएपछि घटना बाहिर आएको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










समाचार 