लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सन्दिपलाई ८ वर्ष कैद, पिडितलाई ५ लाख दिनुपर्ने

क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिदिएको छ ।

अदालतले पीडितलाई मानसिक रुपमा असर पुगेको भन्दै ५ लाख रुपैयाँ भराइदिने फैसला गरेको छ। पीडित गौशाला २६ लाई सन्दीपलाई तोकेको ३ लाख रुपैयाँ जरिवानासहित थप २ लाख रुपैयाँ गरी ५ लाख रुपैयाँ भराइदिनुपर्ने भएको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा सरकारी वकीलले बढीभन्दा बढी सजायको माग गरेका थिए।

लामिछाने तत्कालीन समयमा नेपाल क्रिकेट टिमको कप्तान थिए । उनी त्यस समयमा सार्वजनिक पदमा भएका कारण तोकिनेभन्दा बढी डेढी हुनुपर्ने पीडित पक्षको वकीलको दाबी थियो। तर, अदालतले उनलाई सार्वजनिक पदमा भएको कारणले बढी सजाय भने तोकेन।

मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्ष वा भन्दा बढी उमेरकी महिलालाई जबर्जस्तीकरणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।


प्रकाशित : २०८० पुष २५ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप