लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सशस्त्रमा व्यापक हेरफेर, कैलालीका १ डीएसपी २ इन्स्पेक्टर र कञ्चनपुरका १ इन्स्पेक्टर तानिए

सत्ति / सीमा सुरक्षा र भन्सारमा राजस्व संकलन, कार्यसम्पादनमा कमजोरी भेटिएपछि सशस्त्र प्रहरीका एसपी, डीएसपी सहित २ दर्जन बढी कर्मचारीको जिम्मेवारी खोसिएको छ।

सशस्त्रका इकाइहरूमा कमान्डरको रुपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक एसपी सहितका उनीहरूलाई जिम्मेवारी बाट हटाइएको हो।
प्रधान कार्यालयले (आज)आइतबार १ एसपी , १ डीएसपी , ७ इन्सपेक्टर , ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको सशस्त्रका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण रौतहटका गणपती सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतलाई कमान्डरबाट फिर्ता गरेर सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीलाई पठाइएको छ।

यसैगरी बारा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट कबहीगोठका सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढा, बीओपी झिटकैया बाराका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिव शंकरप्रसाद चौधरीलाई जिम्मेवारी बाट हटाइएको हो।

यस्तै पर्सा जिल्लास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठ्ठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीव बानीया क्षेत्री, बीओपी दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल बाटा, सुरक्षा बेस बहुअर्वाभाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओलीलाई पनि जिम्मेवारीबाट हटाइएको छ।

यसैगरी पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रुपक नापीत र कैलालीकाे स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक नवीन चन्द, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर चन्द, बीओपी लल्लिपुरका सशस्त्र प्रहरी नायब निरीक्षक मोहन राम मोहर र कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोके बजारका सशस्त्र प्रहरी निरीक्षक सूर्य प्रकाश पन्तलाई समेत जिम्मेवारीबाट हटाइएको हो।

सीमा इलाकामा कार्यरत कमान्डरलाई मुख्यालय बाट समेत सुक्ष्म रुपमा निगरानी बढाइएको छ। सन्तोषजनक काम नगर्ने गणपति सहितका दर्जनौँ अधिकृतहरू यसअघि पनि समय नपुग्दै जिम्मेवारी बाट हटाइएका र कारबाहीमा समेत परेका छन्।


प्रकाशित : २०८२ भाद्र १५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप