मञ्जु वि.क.,झुँगा / टिकापुर ९ झुँगा स्थित स्वस्तिक साना किसान कृषि सहकारी संस्थाकाे तेस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।
सहकारीको अध्यक्ष पार्वती रावलकाे अध्यक्षतामा भएको साधारणसभामा टिकापुर नगरपालिका ९ नम्बर वडा अध्यक्ष लाैटन चाैधरि प्रमुख अतिथि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि चाैधरिले सहकारी मार्फत महिलाको सामाजिक र आर्थिक सशक्तीकरण हुँदै गैरहेकाे बताउँदै महिलाकाे आर्थिक सशक्तीकरणका क्षेत्रमा वडाबाट सहयोग हुने बताएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि साना किसान कृषि सहकारी संस्था जाेशिपुरकाे अध्यक्ष गाेमा आचार्यले महिलाहरुकाे अगुवाइमा संचालनमा रहेकाे सहकारी सुशासन र पारदर्शिताको उदाहरण बन्नुपर्नेमा जाेड दिएकि थिइन् ।

सहकारीको अध्यक्ष पार्वती रावलले सहकारीको प्रगति विवरण प्रस्तुत गरेकि थिइन् भने सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजक अनिता थापाले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकि थिइन् ।
सहकारीकाे ४१ लाख १७ हजार २ सय रुपैयाँको शेयर पुँजी रहेको छ भने र ६ करोड ६८ लाख ६६ हजार १५ रुपैयाँ ऋण लगानी गरि २२ लाख ९० हजार १ सय ७२ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको थियोे । साधारणसभामा विभिन्न सहकारी ,संघसंस्थाका प्रतिनिधिले मन्तव्य राखेका थिए ।
सहकारीका ७ सय ३५ जना शेयर सदस्य रहेका छन् ।










समाचार 