सत्ति / सुदुर पश्चिम ११ फुटबल क्लबका अध्यक्ष सुरेश हमालको शुक्रबार कान्द्रा नदिमा अन्त्येष्टि भएको छ चौर । उपचारका क्रममा भारतको बरेलीमा मृत्यु भएका हमालकाे अत्येष्टिमा जनप्रतिनिधि, विभिन्न पार्टीका नेता, सुदूर पश्चिमका विभिन्न खेलका खेलाडीहरु र सयौंको संख्यामा स्थानीय बासिन्दाहरु सहभागी भएका थिए ।

अन्त्येष्टिका क्रममा उनको पार्थिव शरीरमा सुदूर पश्चिम ११ स्पोर्टस क्लव र काँग्रेसको झण्डा ओढाईएको थियो । काँग्रेस कैलालीका कार्यबहाक सभापति खेमराज चौधरी, युवा नेता पूर्व मन्त्री प्रकाश देउवाले हमालको पार्थिव शरीरमा काँग्रेस को झण्डा ओढाएका थिए ।
सुदूर पश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष गजेन्द्र शाही, सुदूर पश्चिम खेलकुद परिषदका पूर्व सदस्य सचिव दीपक बहादुर सिंह लगायत क्लवका पदाधिकारीले सुदूर पश्चिम ११ स्पोर्टस क्लवको झण्डा ओढाएका थिए ।
अन्त्येष्टिमा सहभागी खेलाडी तथा नेता तथा स्थानीयले हमालको मृत्युले सुदूर पश्चिमको खेलकुदमा अपुरणीय भएको भन्दै दुःख व्यक्त गरे । भजनि लालबाेझि हुँदै सुदूरपश्चिममा फुटबलको विकासमा हमालको विशेष योगदान रहेको लालबाेझिका स्थानीय बासिन्दा टिकाराम भण्डारीले बताए ।
स्थानीय हिमालयन युवा क्लब देखि सुदुर पश्चिम ११ जस्तो राष्ट्रिय स्तरको क्लबकाे उनलेे स्थापना गरेकाे भण्डारीले बताए । आफ्नो निजि रकम लगानी गरेर दर्जनौं युवा युवतीलाई फुटबलमा स्थापित गरेको अन्त्येष्टि मा सहभागी दलबहादुर राजिले बताए । हमालकै अगुवाई सुदूर पश्चिममा पहिलो पटक सञ्चालन भएको ए डिभिजन स्तरीय खप्तड गोल्डकपको आयोजना संभव भएको थियोे ।










समाचार 