लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

हरियाली ग्रामीण विद्युत सहकारी संस्थाको १९ औं साधारणसभा सम्पन्न

बैदि /कैलालीको टिकापुर नगरपालिका वडा नम्बर ७ बैदिमा रहेको हरियाली ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।

सहकारी संस्थाका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा भएको सुरु भएको कार्यक्रममा प्रमुख अतिथी ७ नं.वडा अध्यक्ष यज्ञ न्याैपाने र विशिष्ट अतिथिमा कार्यपालिका सदस्य मञ्जु वि.क.रहनु भएको थियो ।

संस्थाका काेषाध्यक्ष श्रवण श्रेष्ठको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष यज्ञ न्याैपाने,बिशिस्ट अतिथी,टिकापुर नगरपालिका कार्यपालिका सदस्य मञ्जु वि. क., साेहि सहकारीका पुर्वअध्यक्षहरु गाेविन्द काेइराला,भक्तिराम पाण्डे ,खयरझाला टोल विकास संस्थाका अध्यक्ष इन्दल गाेडिया,बडघर वासुदेव काेइरालाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा शेयर सदस्यलाई कृषि मिटर छिटो जडान गर्नुपर्ने ,थप १०० केभीएकाे ट्रान्सर्फमर थप्नु पर्ने , टोलका चाेकमा सडक बत्ती थप्नु पर्ने सहकारीको कार्यालयका लागि जमिन थप गर्नुपर्नेमा वक्ताहरुले जाेड दिएका थिए ।

कार्यक्रममा अध्यक्ष नरेन्द्र रेग्मीले संस्थाको प्रगति प्रतिवेदन र संस्थाका लेखापाल मदन साउँदले आर्थिक वर्ष ०८१/०८२ मा १ लाख ७० हजार २ सय ६६ रुपैया खुद नाफा भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

यसैगरी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ लाख ८३ हजार ५ सय रुपैयाँको अनुमानित आय व्यय विवरण पेस गरिएको थियाे । यसैगरी कार्यक्रममा संस्थामा नियमितरूपमा विद्युत महसुल तिर्ने र गरिब तथा जेहन्दार बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरिएको थियोे ।
कार्यक्रमको संचालन सस्थाका सचिव डिल्ली प्रसाद पाण्डेले गरेका थिए ।


प्रकाशित : २०८२ पुष २० आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप