सत्ति/भारतबाट भन्सार छलेर ल्याइएको २ लाख रुपैयाँ बराबरको अवैध कपडा बर्दिया प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय राजापुरका अनुसार राजापुर बजार नजिकै बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षक तथा सुचना अधिकारी नवीन थापा मगरले जानकारी दिए ।
चाडपर्व नजिकिंदै गर्दा कपडा भन्सार छलि गरेर ल्याउने क्रम बढ्ने गर्छ । यस गतिविधि विरुद्ध राजापुर प्रहरीले निगरानी बढाइएको छ प्रहरी निरिक्षक मगरले भने । बरामद भएका सामाग्रीमा विभिन्न कपडाहरू समावेश छन्।
प्रहरीका अनुसार प्रहरी कार्यालयबाट खटिएको टोलीले राजापुर बजार नजिकै बाट सामान समातेको भनेता पनि साे सामान टिकापुर नगरपालिका –८, श्रीलंका क्षेत्रबाट ती सामानहरू समातिएको बताएको छ ।बेवारिसे अवस्थामा फेला पारेको हो । बरामद गरिएका सामग्रीमा सुट, टप्स, धोती, साडि,वेवि सुट छन् ।










समाचार 