आफ्नो खुशी खोज्दै गर्दा,
जीवनको यात्रा बग्दै गयो,
समयको हिसाबै भएन।
गाउँको साधारण मान्छे,
नेपालमै हुँदा पनि विदेशको अफिससम्म सपना देखेँ।
त्यो सपना मात्र हैन,
सपना पुरा गर्ने बाटोमा शिक्षा क्षेत्रमा
७/८ विद्यालय बनाउन सफल भएँ—
क्यानडा सरकारको सहयोग र आफ्नै प्रतिबद्धताबाट।
सोच फेरिनुपर्छ,काम बदलिनुपर्छ भन्ने चाहनाले सधैं अघि बढाएँ।
क्यानडामा रहँदा पनि नेपालको पहिचान जोगाउन,
संघर्षको बाटो रोजेँ—
न सरकारसँग मागेँ,
न अरूसँग हात फैलाएँ,
आफ्नै कमाइबाट सम्भव बनाएँ।
आजसम्म जे सम्भव भयो,
साथीभाइको साथ र परिवारको मुख्य भूमिकाबिना
कदापि सम्भव हुने थिएन।
मनमा एउटै कुरा बस्छ
कर्म गर मनदेखि।”
✏️ एन.बि टण्डन
(हाल क्यानडा)










समाचार 