टीकापुर ७ सत्तिमा स्थित श्री कर्णाली मा.वि.मा विगत ३० वर्ष देखि सेवा दिँदै आउनु भएका प्र.अ.जयविर शाहले अवकास लिएपछी उहाँको भब्य सम्मानका साथ विदाई भएको छ ।
विद्यालयका सहकर्मी,पुर्व विद्यार्थी,स्थानीय र शुभचिन्तक द्वारा आयोजित बिदाई तथा अभिनन्दन कार्यक्रमका बिच उहाँको विदाई भएको हो ।
कार्यक्रममा बोल्दै जयविर शाहले (जे.वि.सर) आफुले तलब खएर सेवा मात्र दिएको र जिम्मेवारी पुर्वक आफ्नो कर्तव्य पूरा गरेको बताउनु भयो । साथै आउने नेतृत्वलाई पनि जिम्मेवारी पुर्वक आफ्नो कर्तव्य र जिम्मेवारीको पालना गर्न र विद्यालय तथा विद्यार्थीहरुको उज्ज्वल भविष्यका लागि कटिबद्ध रहन सुझाउँदै यो माया र सम्मानका लागि सम्पुर्णलाई धन्यवाद दिनु भयो ।
उक्त कार्यक्रममा यसै विद्यालयका पुर्व विद्यार्थी समेत रहेका टी.न.पा.९ का वडा अध्यक्ष लौटन चौधरी,टी.न.पा.८ का वडा अध्यक्ष दिर्घ ठकुल्ला,वडा नं.७ का वडा अध्यक्ष यज्ञ न्यौपाने,संबिधान सभा सदस्य हरिलाल ज्ञवाली ,पुर्व नारायणपुर गाविस सचिव फकिरसिंह कडायतका साथै थुप्रैले शुभकामना मन्तव्य राखेका थिए ।
बिदाई तथा अभिनन्दन कार्यक्रम पछि उहाँलाई सत्ती बजार देखि बटनपुर हुँदै टीकापुरको खडक चोक सम्म बजार परिक्रमा गराइएको थियो ।










समाचार 