लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलाली कारागारमा कैदिको मृत्यु पछी सई पक्राउ

कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक(सई) लाई पक्राउ गरिएको छ।

डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथलाई पक्राउ गरिएको प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखिएको बताए।

नाथ मृतक पाली प्रतिवादी रहेको बैङ्किङ कसुर मुद्दाका वादी समेत हुन्। नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिबाना हुने फैसला गरेको थियो। मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधवार कारागार प्रमुख वसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीवार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको छ। प्रहरीले किटानी जाहेरी दर्ता गरेर सई नाथलाई नियन्त्रणमा लिएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ। सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको शवको परीक्षण सकेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।

२९ जेठमा डडेलधुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते शनिवार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो। अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो तर २ गते राति साढे १० बजे कारागारको बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो।

मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्ध हत्या गरेको आरोप लगाएको छ।


प्रकाशित : २०८२ असार ५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप