टिकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुखलाई “सिनो खाने कामी ” भनेर सामाजिक सञ्जालमा स्टाटस लेख्ने माथि उजुरी परेको छ।

फेसबुकमा कपिल केसी नाम गरेको आइडीबाट टीकापुर खानेपानीका कार्यालय प्रमुख डम्बर वि.क.विरुद्ध “खानेपानीको मुहानमै सिनो खाने कामीलाई प्रमुख बनाएर राखेपछी पानी गनाको गनै भो ” भन्दै स्टाटस लेखेको र उक्त स्टाटसमा कमेन्टहरु निरन्तर नराम्रो कमेन्ट आउन थालेपछि इलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी परेको हो।
प्रहरीमा उजुरी परेपछी भने कपिल केसी नामक उक्त फेसबुक आइडीको अहिले प्रोफाइल लक गरिएको र
आफ्नो वास्तविक फोटो समेत नराखेर भगवानको फोटो प्रोफाइल राखिएकाले फेक आइडी हुन सक्ने पनि अनुमान गरिएको छ ।
यस्तो घटना बारे नेपालको संविधानले के भन्छ ?
सामाजिक सञ्जालमा कसैलाई जातीय रुपमा दलित/कामी भनेर अपमानजनक, विभेदपूर्ण, हेपाहा शब्द प्रयोग गर्नु गम्भीर आपराधिक अपराध मानिन्छ । यसमा लाग्ने प्रमुख कानुनी व्यवस्था निम्नानुसार छन्:
१. भेदभाव तथा छुवाछुत (कसुर तथा सजाय) ऐन, २०६८ : यो ऐन अनुसार सार्वजनिक रूपमा वा सामाजिक सञ्जालमा गरिने विभेदपूर्ण व्यवहार पनि दण्डनीय हुन्छ। यस ऎन अनुसार ३ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।
२.साइबर अपराधसम्बन्धी कानुन (सूचना प्रविधि ऐन, २०६३) : यस धारा ४७ अनुसार सामाजिक सञ्जालमा आपत्तिजनक, अश्लील, झुटो, अपमानजनक वा घृणा फैलाउने सामग्री पोस्ट गरेमा दोषी मानिन्छ। यस धारा अनुसार ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन्छ ।










समाचार 