लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

गोमा श्रेष्ठलाई भाटभटेनी अध्यक्ष गुरूङले आफ्नै खर्चमा एमबीबीएससम्म अध्ययन गराउने

काठमाडौंको एक इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यसवर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेकी थिइन् ।

उनै गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ  र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिए ।
चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले बिहान बेलुकी इँटा सुकाउने काममा सहयोग गर्दै आएकी थिइन् ।

उनी धान रोपाइँमा मेला गएर फर्किँदा एसईईको रिजल्ट सार्वजनिक भएको र ४ जीपीए प्राप्त भएको जानकारी पाएकी थिइन् ।

उनले आफूले डाक्टर बन्ने चाहना राखेको बताए पछि भाटभटेनी समूहका अध्यक्ष तथा व्यवसायी गुरूङले एमबीबीएस तहसम्मको अध्ययन खर्च बेहोर्ने प्रतिवद्धतासहित सहयोग गरेको जनाएका छन् ।


प्रकाशित : २०८२ असार २० शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप