कैलालीको टीकापुरबाट चोरी मुद्दामा फरार एक जना पक्राउ परेका छन्। कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ का २९ वर्षीय प्रदिप कुमार भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीको मिति २०८१ पुस २२ गतेको फैसलाले उनलाई नकबजनी चोरी मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसला पछि फरार रहेका भण्डारीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आफ्नै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

















समाचार
