गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएपछि सत्तारूढ दलभित्र असन्तुष्टि देखिएको छ। कांग्रेसबाट बागलुङ क्षेत्र नं २ मा निर्वाचित प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले मन्त्री बन्न नपाए असन्तुष्टि व्यक्त गर्दै पदबाट राजीनामा दिएका छन्।
कुँवरले बुधबार सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा पठाएका हुन्। सभामुख धितालले राजीनामा प्राप्त भएको पुष्टि गर्दै आफू काठमाडौंमा रहेकाले पोखरा फर्किएपछि निर्णय लिने बताएका छन्।



प्रदेशसभा नियमावली २०८० अनुसार सभामुखलाई लिखित राजीनामा दिएर जानकारी गराएपछि पद रिक्त हुने व्यवस्था छ। साथै, लगातार १० बैठकमा अनुपस्थित भएमा, दल त्यागेमा वा निष्कासन भएमा पनि पद खाली हुने प्रावधान रहेको छ।














समाचार
