झुँगा / टिकापुरमा बोक्सीको आरोपमा एक महिला माथि कुटपिट भएको छ । टिकापुर नगरपालिका – ९ बाैनिया घर भएकी ५५ वर्षीया महिलालाई कुटपिट गरेकाे पिडितले जनाएकि छन्। उनलाई उनकै आफन्तले बाेक्सिकाे आराेप लगाएको पिडित विपतरानि चाैधरिकाे भनाइ छ ।
आफन्तकाे घरमा आशिका चाैधरि बिरामी भएको र विरामि आशिकालाई माता भनिने टिकापुर ९ का सुनिल विककाे घरमा गत बिहीबार हेराउन जाँदा उनलाई बाेक्सिकाे आराेप लगाइएको पिडितकाे भनाइ रहेको छ ।
आराेप लगाउनेहरुमा टिकापुर ९ का हिरामाेति चाैधरि, आशिका चाैधरि, लालिदेवि चाैधरि र सुनिल विक रहेको उनले दावी गरिन् ।
आराेपित लालिदेवि चाैधरि टिकापुर नगरपालिका वडा नम्बर ९ काे वडा सदस्य समेत हुन् ।
बिहीबार राति १० बजेको समयमा माता भनिने सुनिल विकले विपतरानिको घाँटी च्यापेकाे, कपाल काटेको जबर्जस्ती म बाेक्सि हुँ भन भनेर भन्न लगाएर बेइज्जती गरेको पिडितका पति जग्गुराम चाैधरिले जानकारी दिए ।
बिहीबार राति १० बजे भएको साे घटनाको बारेमा प्रहरी चाैकि कालाकुण्डामा जाहेरी दिन जाँदा त्यहाँका प्रहरी हवल्दार र प्रहरी जवानले उल्टै पिडककाे पक्ष लिएकाे जग्गुरामकाे आराेप रहेको छ । हामी कहाँ जाहेरी आएको थप अनुसन्धान र छलफलका महिला सेल पनि भएकोले इलाका प्रहरी कार्यालय टिकापुरमा पठाएकाे प्रहरी चाैकि कालाकुण्डाका प्रमुख विसन भट्टले बताए ।
आराेपित हिरामाेति र आशिका विरामि भएकोले अन्धविश्वासका कारणले विपतरानिलाई बाेक्सिकाे आराेप लगाएको स्थानीयकाे भनाइ छ ।
घटनामा संलग्न भएको आरोपित चारै जनालाई साेमबार इलाका प्रहरी कार्यालयमा अनुसन्धानका लागि पठाइने प्रहरी चाैकि कालाकुण्डाका प्रमुख विसन भट्टले जानकारी दिए ।










समाचार 