सत्ती/कैलालीको जानकीबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन । जानकी गाउँपालिका वडा नं. ९ कटासेका २७ वर्षिय शंकर थापा लागुऔषध सहित पक्राउ परेका हुन । 
लागु औषध नियन्त्रण व्यूरो धनगढी कैलाली,इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी अमरावती कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कटासेकै एउटा घरको कोठामा शंकास्पद तरिकाले बसिरहेको अवस्थामा थापालाई पक्राउ गरेको हो ।
निजको साथबाट प्रहरी टोलीले कुल शुद्द तौल ८०० (आठ सय) मिलिग्राम लागु औषध (खैरो हेरोईन), कुल शुद्द तौल ३० ग्राम (गाँजा), निकाटर १० लेखेको ट्याब्लेट २ पिस र १ पिस ट्रमाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको छ ।










समाचार 