कैलालीको जानकी गाउँपालिकाले वर्षायाममा सुरक्षाकर्मीहरूको सुरक्षाका लागि सामाग्री हस्तान्तरण गरेको छ। 
गाउँपालिकाले वर्षातको मौसममा सुरक्षाकर्मीलाई सहज र सुरक्षित ढंगले काम गर्न सहयोग पुर्याउने उद्देश्यले जानकी–१ तोरैयापुरस्थित अस्थायी प्रहरी पोस्ट र जानकी–९ अमरावतीस्थित अस्थायी प्रहरी पोस्टका सुरक्षाकर्मीलाई रेनकोट,टर्चलाइट र गम्बुट हस्तान्तरण गरेको हो ।
गाउँपालिका उपाध्यक्ष लालमती देवी कठरिया, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी र कार्यपालिका सदस्यहरूको उपस्थितिमा भएको कार्यक्रममा उपाध्यक्ष कठरियाले सुरक्षाकर्मीहरूको सेवा र समर्पणप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।










समाचार 