लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जोशीपुर गाउँपालिकाको बजेट ८४ करोड

सत्ति / जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखादेवी कठरियाले आगामी आर्थिक वर्षका लागि ८३ करोड ८६ लाख ५९ हजार १५४ रुपैयाँको बजेट प्रस्तुत गरेकी छन । गाउँसभाको १४ औं अधिवेशनमा आज उपाध्यक्ष कठरियाले बजेट प्रस्तुत गरेकी हुन ।

उनले बजेटको अनुमानित आय समेत उल्लेख गरेकी छन । जसमा संघीय वित्तीय समानिकरणमा ११ करोड २३ लाख, प्रदेश वित्तीय समानिकरणमा १ करोड ७ लाख ६९ हजार, संघीय राजश्व बाँडफाँडमा १ करोड २८ लाख ९७ हजार ६५४ र प्रदेश राजश्व बाँडफाँडमा ३६ लाख २८ हजार उल्लेख गरेकी छन ।

त्यस्तै संघीय सशर्त अनुदानमा चालुतर्फ १६ करोड ६६ लाख, पूँजीगततर्फ ३५ करोड ३९ लाख, प्रदेश सशर्त अनुदानमा चालुतर्फ ४ करोड र पूँजीगततर्फ ४० लाख रुपैयाँ रहेको छ । संघीय सरकारको विशेष अनुदानमा ६९ लाख, संघीय सरकार समपुरक अनुदानमा ५० लाख, प्रदेश सरकारको विशेष अनुदानमा ७५ लाख, प्रदेश समपुरक अनुदानमा १ करोड ८० लाख रुपैयाँ रहेको छ ।

बजेटमा आन्तरिक आयतर्फ १ करोड ७० लाख ६४ हजार ५ सय र १ लाख रुपैयाँ अल्या हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले चालु आवको जेठ मसान्तसम्म पूँजीगततर्फ ४६.१५ प्रतिशत र चालुतर्फ ७२.२५ प्रतिशत बजेट खर्च भएको जनाएको छ । बजेट वक्तव्यमा राजश्व बाँडफाँड तथा समानिकरण अनुदान पूर्ण रुपमा प्राप्त नहुँदा पालिकाको सार्वजनिक सेवा प्रवाह, विकास निर्माण कार्य र नियमित रुपमा सञ्चालन गर्नुपर्ने योजना तथा कार्यक्रम प्रभावित भएको उल्लेख छ ।


प्रकाशित : २०८२ असार १० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप