लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर नगरपालिकाले सुरु गर्‍यो करदाता सेवा

टिकापुर / कैलालीको टिकापुर नगरपालिकाले करदाता सेवा स्थानीय तहबाट सुचारु गरेको छ । नगरपालिकाले आजबाट सो सेवा सुचारु गरेको हो ।

नेपाल सरकारको करदाता सेवा स्थानीय तहबाट दिने निर्णय अनुसार आन्तरिक राजश्व कार्यालय र  टिकापुर नगरपालिका बिच सम्झौता भई स्थानीय तहबाट करदाता सेवा सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका करदाताहरूले राजस्व कार्यालयमा राजश्वको सेवा लिँदा समय लाग्ने र समस्या भोग्नु परेको थियो तर हरेक पालिकामा अब करदाता सेवा सुचारु भएपछि सजिलै पालिकाबाट सेवा लिन सहज हुनेछ ।

नगरपालिकाबाट अब करदाता सेवा चुस्त दुरुस्तमा सेवा हुने टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले बताए । स्थानीय तहबाटै करदाता सेवा सञ्चालन गरेपछि व्यापारी लगायत सबैले सजिलै सेवा लिन सजिलो हुने टिकापुर उद्योग वाणिज्य संघका सदस्य सर्पराज साउँदले बताए ।

पहिला हप्तौँ सम्म लगाएर कर बुझाउने गरेको थियौँ तर अव सहज रूपमै कर बुझाउने र करदाता दर्ता गर्न सक्ने साउँदले बताए । टिकापुर नगरपालिकाले सरकारको निर्णय अनुसार सेवा सुचारु गरेको जानकारी गराएको छ।

गाउँपालिकाका स्थानीय गोकुल आचार्यले बताए । नेपाल सरकारले स्थानीय तहबाट करदाता सेवा सुचारु गर्न निर्णय बमोजिम पहिलो चरणमै करदाता सेवा कार्यालय कैलालीबाट टिकापुर नगरपालिकाले गरेको हो ।


प्रकाशित : २०८२ पुष १७ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप