शनिवार कैलालीको टिकापुरबाट तीन युवक लागुऔषध सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बर्दिया राजापुर वडा नं.१० बस्ने सुवास गौतम परेका छन । गौतम ११० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् । इलाका प्रहरी टीकापुरको टोलीले उनलाई कैलालीको टीकापुर नगरपालिका–८ श्रीलंकाबाट पक्राउ गरेको हो ।
यसै गरि कैलाली कै जानकी गाउँपालिका–७ बाट २० वर्षीय विनायक चौधरी र विक्रम ओड लागुऔषध सहित पक्राउ परेका छन्। उनीहरूको साथबाट ३०० मिलिग्राम लागुऔषध फेला परेको हो । इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरूलाई शनिवार साँझ पक्राउ गरेको हो ।










समाचार 