सत्ति/आइतबार साँझ टीकापुरमा ट्रयाक्टर र मोटरसाइकल ठोकिंदा ३ जना घाइते भएका छन् । 
टीकापुर बसपार्क नजिकै से १ त ६८७० नम्बरको ट्रयाक्टर र लुम्बिनी प्रदेश ०३–००१ प ०७०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकलमा सवार रहेका ३ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक लम्की चुहा नगरपालिका वडा नं. ४ भल्का निवासी २२ बर्षिय करण सुनार, उनकी श्रीमती २१ बर्षिया निसा सुनार र ३ बर्षिया छोरी कृतिका सुनार रहेका छन् । करणको टाउकोमा, निसाको मुख र टाउकोमा र छोरीको निधारमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूको टीकापुर अस्पतालमा उपचार पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । ट्रयाक्टर र चालक टीकापुर १ बाघमाराका ४९ वर्षिय जलोटा चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।










समाचार 