लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करणको घोषणा

टीकापुर साहित्य समाजले टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण यही चैत १३ देखि १५ गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवको मिति र कार्यक्रम सार्वजनिक गरिएको हो।

‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ विशेषका रूपमा आयोजना हुने त्रिदिवसीय महोत्सवमा २१ बहस सत्र रहने छन्।

महोत्सवको उद्घाटन भाषाविद् माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकको विद्वत प्रवचनबाट हुनेछ।

महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा र समाजलगायत विषयमा छलफल हुनेछ। सुदूरपश्चिम कविता महोत्सवअन्तर्गत उत्कृष्ट कवितालाई नगद पुरस्कार प्रदान गरिनेछ। साथै कर्णाली नदी जलविहार, थारू सांस्कृतिक साँझ र पुस्तक प्रदर्शनी पनि आयोजना गरिने छ।


प्रकाशित : २०८२ माघ २४ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप