दोधारा चाँदनी नगरपालिका वडा नं. १ स्थित खैराडी टोलमा एक भुसाघरबाट ठूलो अजिङ्गर फेला परेको छ।
स्थानीय दयालु चन्दको घरको भुसाघर बिहान सफा गर्ने क्रममा अचानक अजिङ्गर देखिएपछि एकछिन स्थानीयबीच त्रासको वातावरण सिर्जना भएको थियो। भुसा हटाउने क्रममा अजिङ्गर देखिएको जानकारी स्थानीय सीतल चन्दले दिइन्। उनले भनिन्, “भुसा झिक्दै गर्दा अचानक अजिङ्गर देखियो। हामी सबै डरायौं तर पछि सुरक्षित रूपमा बाहिर ल्यायौं।”
घटनाको जानकारी प्राप्त भएपछि सुक्लाफाटा बन्यजन्तु आरक्ष कार्यालय पिपरिया अन्तर्गत गेम स्कट टोली खैराडी पुगेको थियो। टोलीका बिर्ख राजीको नेतृत्वमा उक्त अजिङ्गरको सकुसल उद्दार गरिएको हो।
बिर्ख राजीका अनुसार फेला परेको अजिङ्गर पाइथन प्रजातिको हो, जसको लम्बाइ करिब ८ फिट र तौल झण्डै १० किलो रहेको छ। उद्धार गरिएको अजिङ्गरलाई सुरक्षित रूपमा आरक्ष क्षेत्रमा लगिएको जानकारी उनले दिएका छन्।










समाचार 