टीकापुर / टीकापुरमा नमुना मतदान भएको छ ।
नेत्रहिन युवा संघ नेपाल कैलालीको आयोजनामा शुक्रबार नमूना मतदान भएको हाे । 
मतदान कार्यक्रममा ३० जना सबलाङ्ग र ४२ जना अपाङ्गता भएका व्यक्तिहरुले मतदान गरेका थिए । ७२ जनाले गरेको नमूना मतदानमा ६५ मत सदर भएको थियो भने ७ मत बदर भएको मतदान अधिकृत हिमालय माध्यमिक विद्यालयका शिक्षक आशा भण्डारीले जानकारी दिइन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नमूना मतदान गरिएको जनाइएको छ । नमुना मतदान वीरेन्द्र विद्या मन्दिर बहुमखी क्याम्पस टीकापुरमा भएको हो । नमुना मतदानको अभ्यासलाई निरन्तरता दिन सकेमा आसन्न निर्वाचनमा बदर मत संख्या घट्ने मतदान अधिकृत भण्डारीले बताइन् । कार्यक्रमको अध्यक्षता नेत्रहिन युवा संघ कैलालीका अध्यक्ष अर्जुन रावलले गरेका थिए भने आगामी मंसिर ४ गते हुने निर्वाचनमा बदर मत घटाउने र मतदातालाई मतदाता शिक्षा दिने उद्देश्यले नमुना मतदान गरिएको बताइएकाे छ ।










समाचार 