लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

निरञ्जन सहकारीको अठारौं साधारणसभा सम्पन्न

बैदि/टिकापुर ७ बैदि स्थित निरञ्जन ग्रामीण विद्युत सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ ।

सहकारीको आइतबार भएको अठारौं साधारणसभा अध्यक्ष नन्दसिंह बाेहराकाे अध्यक्षतामा भएको थियोे भने प्रमुख अतिथि टिकापुर नगरपालिका ७ वडाका अध्यक्ष यज्ञ न्याैपाने रहेका थिए । उपाध्यक्ष राजकुमार चाैधरिले स्वागत मन्तव्य संगै सुरु भएको सभामा काेषाध्यक्ष कृष्ण चाैधरिले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चेतमान रावलले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चेतनशील टोल विकास संस्थाका अध्यक्ष पुर्ण बहादुर खड्का,नवआदर्श कृषि सहकारी संस्थाका अध्यक्ष भक्तिराम पाण्डे,हरियाली ग्रामीण विद्युत सहकारीका अध्यक्ष नरेन्द्र रेग्मी,उज्यालो सहकारी सत्तिका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भिम विक,टिकापुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कैलाशपति चाैधरि लगायतका महानुभावले मन्तव्य राखेका थिए ।

अध्यक्ष नन्दसिंह बाेहराले सहकारीको विकासका लागि विभिन्न वक्ताहरु दिएको सल्लाह सुझावलाई मनन गरि कार्यान्वयन गरिने बताएका थिए । सहकारीको ४ लाख २२ हजार ३ सय रुपैयाँको शेयर रहेको छ भने सहकारीले गत आर्थिक वर्षमा १४ लाख रुपैयाँको काराेबार गरेको छ भने ८ लाख ३० हजार १६ रुपैयाँको विद्युत खरिद गरेको र ४३ हजार ८ सय ४१ रुपैयाँ मुनाफा गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा नियमितरूपमा विद्युत महसुल बुझाउने ५ जना उपभोक्तालाई सम्मान सहित वल्व प्रदान गरिएको थियोे । कार्यक्रम सहकारीका व्यवस्थापक टोप बहादुर केसीले सञ्चालन गरेका थिए ।


प्रकाशित : २०८२ पुष २८ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप