टीकापुरमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान करिब ९ बजे टीकापुरस्थित इलाका प्रहरी कार्यालय नजिकै टीकापुर बसपार्कबाट लम्कीतर्फ गैरहेको सु.प.प्र ०१–००१–ख ३५८३ यात्रुबाहक बसले साइकललाई ठक्कर दिँदा एक जना पहिचान नखुलेका अन्दाजी ४० वर्षिय पुरुषको ज्यान गएको छ ।
यसै दुर्घटनामा अर्का एक जना मोटरसाइकल चालक समेत घाइते भएका छन । घाइते हुनेमा टीकापुर नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षिय राजु चौधरी रहेका छन । उनलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।
उक्त दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार बसले पहिले साइकल यात्रीलाई ठक्कर दिएको र पछि मोटरसाइकललाई ठक्कर दिएको थियो ।










समाचार 