लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

कैलाली १ मा नागरिककी रञ्जिताको जित सुनिश्चित

सत्ति / कैलाली–१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । उनले गणना हुन बाँकी मत भन्दा धेरै मतान्तरले अग्रता लिएकी छन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गरेकी छन भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फ बाट काँग्रेस का रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन । उनीहरु बिचको मतान्तर १० हजार ४३७ रहेको छ ।

टीकापुर घटनामा दोषी ठहर भई हाल जेल जीवन बिताईरहेका पूर्व साँसद रेशमलाल चौधरीकी श्रीमती समेत रहेकी श्रेष्ठ सो पार्टीकी अध्यक्ष हुन । कुल १ लाख ७ हजार ६७२ मत मध्ये ६४ हजार ३३२ मत खसेको थियो । जसमध्ये हालसम्म ५५ हजार ७२३ मतगणना भैसकेको छ । सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार ८ हजार ६०९ मत गणना हुन बाँकी छ । अहिले सम्म २ हजार ९१० मत बदर भएको छ ।

हालसम्मको मत गणना अनुसार एमालेका तपेन्द्र रावलले ५ हजार २३९, राप्रपाका लोकेन्द्र कुँवरले ३ हजार २२७ र रास्वपाका टंक ढुंगानाले १ हजार ६४५ मत प्राप्त गरेका छन ।


प्रकाशित : २०७९ मंसिर ८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप