लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सत्ति भन्सारमा राजस्व असुली न्युन,अवैध बाटोबाट सामान भित्रींदै, सामान समातिए पनि समातिंदैनन् मान्छे !

भिम वि.क.,खक्राैला/टिकापुर स्थित सत्ति भन्सार कार्यालयकाे राजस्व असुली गिर्दो अवस्थामा रहेको छ । चाडपर्वकाे बेलामा राजस्व असुली बढि हुनुपर्नेमा राजस्व असुलीमा कमि भएको छ ।

नेपाल भारतकाे खुला सिमानाकाबाट अवैध रूपमा भन्सार छलेर भित्रिने सामानका कारण राजस्व असुलीमा कमि भएको स्थानीयकाे भनाइ रहेकोछ। विभिन्न सिमानाकाबाट अवैध रूपमा सामान भित्रिने गरेकाले राजस्व असुलीमा कमि आएको टिकापुर–९ बस्ने एक स्थानीयले बताए ।

‘भन्सार छलि गरेर नेपाल भित्रिने सामानका कारण राजस्व असुलीमा कमि भएको उनलेे बताए ।”भन्सार कार्यालयले पनि नियमित गस्ती गरेमा मात्र पनि भन्सार छलि कम हुनसक्छ “उनलेे भने।

सुरक्षाकर्मीले पक्राउ गरेको सामान भन्सार कार्यालयमा नपुग्दै त्यो सामान मेरो हो छिटो लिलामि गरिदिनुस् भनेर उल्टै भन्सार छलिमा संलग्न रहेका व्यक्तिले भन्ने गरेको सत्ति भन्सार कार्यालयका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । भन्सार कार्यालयले नियमित गस्ती गरेमा अवैध बाटाे बाट सामान चाेरि नियन्त्रण हुने उनलेे स्विकारे । कतिपय सामान अवैध बाटो बाट पैठारी गर्नुभन्दा राजस्व तिरेर व्यापारीलाई सस्तो पर्ने उनलेे बताए ।

खक्राैला र यसका आसपासका क्षेत्र बाट राति होइन दिनदहाडै ससानो परिमाणमा सामान नेपाल भित्रीने गरेको स्थानीयकाे भनाइ रहेको छ ।
गतवर्षकाे साउन महिनामा मात्र ७६ लाख रुपैयाँ राजस्व असुली गरेको भन्सार कार्यालयले यस वर्षको साउन २८ गतेसम्म ३७ लाख ३२ हजार १६६ रुपैयाँ असुली गरेको सत्ति भन्सार कार्यालयका नायब सुब्बा सिताराम बुढाथोकीले जानकारी दिए ।

सत्ति भन्सार कार्यालयमा राजस्व असुली घटे तापनि यसै मातहत रहेको पृथ्वीपुर छाेटि भन्सार कार्यालयले भने गत महिनाको भन्दा दाेब्बर राजस्व असुली गरेको बताइएको छ ।

भन्सार स्रोतका अनुसार पहिले पहिले पृथ्वीपुर छाेटि भन्सार बाट मासिक दुई / तीन लाख रुपैयाँ राजस्व असुलि हुने गरेकोमा साउन महिनामा साढे ५ लाख रुपैयाँ राजस्व संकलन भएको बताइन्छ ।

सिमानाकाबाट अवैध रूपमा भित्रिने सामान सुरक्षाकर्मीले पक्राउ गरे पनि बेवारिसे देखाउने गरेको देखिन्छ । सामान समात्ने सुरक्षाकर्मीले सामान बाेक्ने मान्छेलाई भने छाडिदिने गरेको स्थानीयकाे आराेप रहेको छ ।


प्रकाशित : २०८२ श्रावण २७ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप