लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

तल्लो बाटो अमेरिका पठाउने भनेर लिएकाे पैसा,फिर्ता माग्दा गोली हानेर हत्या

सत्ति / बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका-२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो।

चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री समेत रहेका डिल्ली चौधरीका साइँला भाइ हुन्। उनीहरू दुई दशक देखि अलग अलग बस्दै आएका छन्। 

उनलाई बर्दिया र कैलालीबाट खटिएको प्रहरीको संयुक्त टोलीले एउटा खाली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको कैलालीका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर कैलाश विष्टले जानकारी दिए। 

आइतबार बिहान बर्दियाको राजापुर नगरपालिका -४ मा आफैले सञ्चालन गर्दै आएको हमार थारू घर एन्ड रेस्टुरेन्टमा महावीरले गोली हानेर दाङ तुलसीपुर उपमहानगरपालिका-६ का २८ वर्षीय निरज चौधरीको हत्या गरेका थिए।  पोल्ट्री फर्म रहेको जग्गा पनि पूर्वमुख्यमन्त्री चौधरी कै हो। पोल्ट्री फर्मको रेखदेखका लागि भनेर निरज लाई दाङको तुलसीपुरबाट बर्दिया लगिएको थियो।

महावीरले निरजको कन्चटमा गोली हानेका थिए। प्रहरीले घटनास्थलबाट गोली पनि बरामद गरेको बर्दियाका निमित्ति प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाशसिंह कार्कीले जानकारी दिए। 
रेस्टुरेन्टबाट प्रहरीले महावीरको पासपोर्ट, भिजा, अमेरिकी डलर लगायतका कागजात बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महावीरले निरजलाई तल्लो बाटो हुँदै अमेरिका पठाइदिने भनेर पैसा लिएका थिए। नातामा निरज महावीर का नाति पर्छन्। 
अमेरिकामा गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएयता आप्रवासी नीतिमा कडाइ गरेका छन्। नाकामा कडाइ गरेसँगै तल्लो बाटो भएर अमेरिका जाने क्रम धेरै हदसम्म नियन्त्रण गरेका छन्।

त्यही कारण महावीरले निरजसँग मोटो रकम लिए पनि उनलाई अमेरिका पठाउन सकेका थिएनन्। अमेरिका जान नपाउने भएपछि निरजले महावीर सँग पैसा फिर्ता मागेका थिए। आइतबार पनि निरजले महावीरसँग पैसा फिर्ता मागेका थिए। लगातार पैसा फिर्ता माग्न थालेपछि महावीरले निरजको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। महावीर अमेरिकी ग्रीन कार्ड भएका व्यक्ति पनि हुन्। परिवारसहित अमेरिका बस्दै आएका उनी नेपाल आउजाउ गरिरहन्थे।

त्यही क्रममा उनले त्यहाँका धेरै आफन्त र चिनजानका युवालाई तल्लो बाटो अमेरिका पठाउने  प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट रकम लिने गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।
केही समय पहिले सोही लेनदेन मुद्दामा महावीर लाई दाङको इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनी छिट्टै छुटेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको भए पनि उनीविरूद्ध मुद्दा चलेको रेकर्ड फेला नपरेको निमित्त प्रमुख इन्स्पेक्टर विनोदराज खत्रीले जानकारी दिए। महावीरले तल्लो बाटो अमेरिका लैजाने भनेर निरजसँग कति पैसा लिएका थिए भनेर नखुलेको प्रहरीले जनाएको छ।

गोली प्रहारपछि ढलेका निरजलाई महावीरले सहयोगीलाई भनेर उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होम पुर्‍याएका थिए।
भाग्न सजिलो होस् भनेर उनले निरजलाई जिल्ला अस्पताल नलगेर टाढाको नर्सिङ होम लैजान सहयोगीलाई अह्राएको बर्दियाका प्रहरी प्रमुख एसपी सरोज पौडेलले बताए।
बिहान ८ बजेतिर निरजमाथि गोली प्रहार भएको मा ११ बजेमात्रै अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले चेकजाँच गर्ना साथ निरजलाई मृत घोषणा गरेका थिए।
त्यसपछि मात्रै अस्पतालले बाँके प्रहरीलाई मृतक को कंचटमा गोली लागेकोजस्तो देखिएको र घटना शंकास्पद रहेको भनेर जानकारी दिएको थियो।

सूचनापछि प्रहरी रेस्टुरेन्ट पुग्दा घटनास्थलमा लिपपोत र सरसफाइ गरिसकेको भेटिएको थियो। त्यसरी सरसफाइ र लिपपोत गरी प्रमाण मेटाउन सहयोगी भूमिका खेलेको आरोपमा प्रहरीले महावीरकी साली रामकुमारी र उनका ५० वर्षीय श्रीमान बुद्धि थारू र  छोरा २२ वर्षीय राहुल थारू लाई नियन्त्रणमा लिइसकेको छ। उनीहरूले नै निरजलाई सवारी साधनको व्यवस्थापन गरी नेपालगन्ज नर्सिङ होम पठाएको भनेर बयान दिएका छन्।
निरजका बुवा रामबुझाउना थारूले मंगलबार नै किटानी जाहेरी दिएका थिए। निरजका बुवा-आमा भारतमा काम गर्छन्। छोराको हत्या भएपछि उनीहरू नेपाल आएर प्रहरीमा किटानी जाहेरी दिएका थिए।


प्रकाशित : २०८२ मंसिर २५ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप