लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

राजापुर सुगरको लागत बढेर दुई अर्ब पुग्यो, उद्योगले थाल्यो चिनी उत्पादन

बर्दियाको राजापुरमा नयाँ चिनी मिल सञ्चालनमा आएको छ। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिजले उखु पेल्न सुरु गरेको छ।

उद्योगको लागत १७ प्रतिशत बढेर झण्डै दुई अर्ब रुपैयाँ पुगेको छ। यसअघि एक अर्ब ६८ करोड ६८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। तर भवन निर्माण र निर्माण अवधिको ब्याज (आईडीसी) सहित लागत बढेर एक अर्ब ९७ करोड २० लाख रुपैयाँ पुगेको उद्योगले जनाएको छ।

हालसम्म उद्योगको ८९ प्रतिशत वित्तीय प्रगति भएको छ। उद्योगको बाँकी काम आउँदो तीन महिनामा सकिने भएको छ। उद्योगमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकहरुको स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ। कूल स्वपुँजी ५९ करोड मध्ये ५५ करोड १० लाख रुपैयाँ खर्च भइसकेको छ। उद्योगको दैनिक २५ सय टन उखु क्रसिङ गर्ने क्षमता रहेको छ।

उद्योगले चिनीका साथै मलोसिसबाट मदिरा पनि उत्पादन गर्ने लक्ष्य लिएको छ। यसका लागि बेग्लै उत्पादन प्लान्ट राख्ने राजापुर सुगरले जनाएको छ । उद्योगले १ अर्ब ६६ करोड २२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।

चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीतर्फ आकर्षित भएका छन्। मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखु खेती आवश्यक पर्ने छ। मिल सञ्चालनमा आए ५ सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउने भएका छन्।

बर्दिया उखु उत्पादन गर्ने क्षेत्रहरू मध्ये एक हो। उखु खरिदका लागि सम्भावित क्षेत्रहरू कैलाली, कञ्चनपुर, बाँके र बर्दिया हुनेछन्। जसले गर्दा ढुवानी लागत कम हुन्छ।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी चार जिल्लामा मात्रै ३ लाख ५९ हजार ३८८ टन उखु उत्पादन हुने गरेको छ। उद्योग सञ्चालनमा आउने भएपछि उखु उत्पादन बढ्ने अनुमान गरिएको छ।

नेपालमा वार्षिक २ लाख ६० हजार टन चिनी खपत हुने गरेको छ। आन्तरिक उत्पादनले मात्र अपुग हुने भएपछि भारतबाट पनि ठूलो परिमाणमा चिनी आयात हुने गरेको छ। आन्तरिक उत्पादन वार्षिक डेढ लाख टन मात्र रहेको छ।

राजापुर सुगरका अध्यक्ष यज्ञबहादुर ओली दुई दशक भन्दा बढी समयदेखि उद्योग व्यवसायमा संलग्न छन्। उनको लगानीमा दुई दशकदेखि सुदुरपश्चिममा देउती गुट्खा इन्डष्ट्रिज सञ्चालनमा । उद्योगबाट गुट्खा र सुर्तिजन्य वस्तु उत्पादन हुँदै आएको छ।

ओलीको लगानीमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स, लोटस टोबाको इन्डष्ट्रिज, होटल मेगा र देउती रियलस्टेट सञ्चालनमा छन् । राजापुर सुगर २०२३ मा स्थापना भएको हो।चिनी मिल राजापुर नगरपालिका–५ बदालपुरमा रहेको छ।

नेपालको तराई क्षेत्र उखु खेतीको लागि उपयुक्त छ। उखु नेपालको नगद बाली मध्ये एक हो। सरकारले न्यूनतम समर्थन मूल्य तय गरेर उखु उद्योगलाई नियमन गर्दै आएको छ।

यो वर्षका लागि सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गरेको छ। चिनी र चिनी मिठाईमा आयात शुल्क ३० बाट घटाएर १५ प्रतिशत कायम गरिएको छ। चोरी पैठारीले अझै नेपाली चिनी बिक्री नभएको उद्योगीहरुले बताएका छन्।

साभार : नेपाल क्लिक्स


प्रकाशित : २०८२ माघ २३ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप